एउटै दृष्टि, भिन्न कोण

गैरनाफामूलक यातायात कम्पनीकाे रुट परमिट खारेज हुने

काठमाडौ २०७७ असोज २९ गते बिहिवार

गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज भएको छ।

बिहीबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङसहित दुवै मन्त्रालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले सिन्डिकेट खारेजीको यसअघिको गृह मन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय गरेको छ।

केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिन्डिकेटलाई निरन्तरता दिने गरी गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहने गरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस