बंगलाचुली गाँउपालिकामा खानेपानी उपभोक्ता समितिकालागि लेखा ब्यवस्थाप‍न तालिम

दाङ २०७७ कार्तिक १ गते शनिवार

दाङको बंगलाचुली गाउँपालिकामा रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समुहको लागि दुईदिने आधरभूत लेखा व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सो तालिमा सम्पन्न गरिएको हो ।

तालिममा लेखा ब्यवस्थापनको परिचय, आवश्यकता/महत्व, लेखा ब्यवस्थापनमा उपभोक्ता समितिको भूमिका/ जिम्मेवारी लगाएतका विषयमा प्रशिक्षित गरिएको थियो ।

तालिममा बंगलाचुली गाउँपालिकाकामा नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहभागिता रहने ३ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष,सचिव र कोषाअध्यक्षको सहभागिता रहेको थियो । यसैविच तालिम समापन अवसरमा सहभागिहरुले तालिम प्राप्त गरेपछि आफुहरुलाई हिसाव किताव राख्न अवका दिनमा सहज भएको प्रतिक्रिया दिएका छन् ।

उनिहरुले तालिमा सिकेको सिपलाई व्यभारमा लागु गर्दै योजनाको गुणस्तरता र दिगोपनामा र आर्थिक पारदर्शितालाई ध्यानमा राख्दै योजना सम्न्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

तालिमको प्रशिक्षकहरुमा नेपाल रेडक्रस सोसाइटी(सिईएचपी)नेपालगंजका लेखा तथा प्रशासकीय अधिकृत कन्हैया लाल बाजपेयी, दाङ जिल्ला शाखाका लेखा तथा प्रशासन सहायक गोपाल वली रहनु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस