एउटै दृष्टि, भिन्न कोण

महावीर पुनको ४५ बर्ष पछि दशैँमा नयाँ लुगा, क्या रमाइलो हुने भयो यो पालीको ता

काठमाडौ २०७७ कार्तिक २ गते आइतवार

खस्रो-फुस्रो एक व्यक्ति, जो कहिल्यै सुकिलो-मुकिलो देखिदैनन्, दुनियाले उनलाई चिन्छन्, तर दुनियासँग उनलाई मतलब नभएका व्यक्ति, कहिले टाउजर त कहिले हाप पाइन्ट लगाएर चप्पल पड्काउँदै देश–दुनिया परिक्रमा ब्यक्ति । ति हुन् महावीर पुन उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर त्यसलाई नयाँ–नयाँ खोज, अनुसन्धान र आविष्कारको थलो बनाउन मरिमेटेर लागिपरेका छन् ।

यसपाली उनले यस्तै घतलाग्दा कुरा साझेदार गरेका छन् । आविष्कार केन्द्रको पृष्टभूमीमा उनले केही थान आफ्नो निजी तस्विर पोस्ट गरेका छन् । त्यसमा उनी निख्खर निलो कोट, पाइन्ट, सेतो सर्ट र कालो छालाको जुत्तामा ठंग ठाँटिएका देखिन्छन् । र लेख्छन‘लौ हेर्नुहोस्, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई ।’

त्यसपछि उनि लेख्छन, सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाहिं ६ बर्ष पुरानो हो । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें । दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला । केहि महिना पछि मैले नै बताउने छु । क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता । कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला ।

लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣 — सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला |…

Mahabir Pun यांनी वर पोस्ट केले रविवार, १८ ऑक्टोबर, २०२०
प्रतिक्रिया दिनुहोस