किस्तामै मोबाईल किन्न सकिने सुबिधा सहित तुलसीपुरमा खुल्यो २ करोड लगानीमा मोबाइल घर

दाङ २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङको तुलसीपुर स्थित ‘क’ लाइनमा २ करोड रुपैयाको लगानीमा स्वीकार मोबाईल घर खुलेको छ ।

तुलसीपुर नगर जेसिसका अध्यक्ष मोहन स्वर्णकारले मोबाईल घर सञ्चालन गरेका हुन । मोबाइल पसलको कार्तिक ४ (आज) गते तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले उद्घाटन गरेका हुन् । यो भन्दा अगाडी उनले सुनचादी पसल सञ्चालन गर्दै आएका थिए । उक्त मोबाइल पसलमा अहिले ३ जना प्रत्यक्ष र ३ जना पार्टटाइम गरेर ६ जनाले रोजगारी पाएका छन् ।

तुलसीपुरमा सबै कम्पनिका मोबाइलहरु नपाउने र सबै सँग मोबाइल किन्न एक मुस्ट रकम ठुलो रकमको मोबाइल किन्न पैसा नहुने भएकाले ठुलो लगानीमा मोबाईल व्यवसाय संचालन ल्याएको संचालक स्वर्णकारले बताए । उनले भने मोबाईल घरमा ९ सय देखि २ लाख सम्मका सबै कम्पनिका मोबाईल पाइन्छ । मोबाईल घरबाट फाइनान्समा पनि मोबाईल खरिद गर्न सकिने सुबिधा समेत रहेको उनले बताए।

मोबाईल किन्दा शुरुमा रकम आवश्यक नपर्ने र १८ महिनासम्ममा मासिक किस्ताका हिसाबले रकम बुझाउन सकिने गरि खरिद गर्न सकिने गरि बैंकहरु सँग सहकार्य भइसकेको संचालक स्वर्णकारले उज्यालो टाइम्स सँग बताए । उनका अनुसार पुरानो कुनै पनि कम्पनिका मोबाईलहरुपनि एक्सचेन्ज गर्न सकिने सुबिधा समेत रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस