एउटै दृष्टि, भिन्न कोण

गंगादेव गाँउपालिकामा कोरोना कहरका बिच दशैको शुभकामना आदान प्रदान कार्यक्रम

राेल्पा २०७७ कार्तिक १३ गते बिहिवार

रोल्पाको गंगादेव गाँउपालिका वडा नं २ रमाइ मा रहेको श्री सिद्ध सुकिदह कृषि उद्धमी कृषक संस्थाले बडादशैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कोरोना कहरका बिचमा संचालन भएको शुभकामना आदानप्रदान कार्यक्रममा गाँउपालिका अध्यक्ष बिर बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । गाँउपालिका उपाध्यक्ष रिता घर्ति, सत्तारुढदल नेकपाका प्रतिनिधि खड्क बहादुर वली, नेपाली काँग्रेस गंगादेव गाउँपालिका सभापति दिपेन्द्र बहादुर डाँगी, प्रतिबन्धित विप्लब नेकपाका प्रतिनिधि जंग बहादुर भण्डारी ‘आक्रोस’ राप्रपाका प्रतिनिधि सेते वली, गाउँपालिका प्रेस संयोजक अशोक ओली लगायत अन्य स्थानीय बुद्धिजीवी तथा समुदायको उपस्थिति रहेको थियो ।

जनयुद्धको थालनी हुनु भन्दा दुई महिना अघि स्थापना भएको उक्त संस्था युद्दकै कारण अघि बढ्न नसकेको र सँस्थालाई हाल पुनरुत्थान गर्दै पुनःसंचालनमा ल्याएको संस्थाका अध्यक्ष बालकृष्ण ओलीले बताए । जिल्ला प्रशासन कार्यलय रोल्पामा दर्ता नम्बर ३१ रहेको उक्त सँस्थालाई कृषि उद्धमीका रुपमा बिकशित गर्ने ओलीले जनाए ।

कार्यक्रमका सभापति रहेका ओलीले संस्थालाई प्राबिधिक तवरले सक्षम बनाउन जेटिए कर्मचारीको ब्यबस्थापन गराई सहयोग गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

साविकको जिनावाङ गाविसमा रहेको कृषक समुहहरु जनयूद्दको प्रभाव सगै हराउदै गएका थिए । सिद्ध सुकिदह कृषि उद्धमी कृषक संस्था सक्रिय हुदै आएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पामा दर्ता नं ५ मा रहेको श्रमजिवि कृषि उद्धमि समुह बडाढुङ्गा भने अहिले निष्कृय अवस्थामा रहेको छ । कृषि क्षेत्रमा अगाडी रहेको यस क्षेत्रमा कृषक समुहहरु गाँउपालिकामा दर्ता धेरै भएको भएता पनि सक्रिय भने कम मात्रै रहेका छन ।

प्रतिक्रिया दिनुहोस