एउटै दृष्टि, भिन्न कोण

दाङका कोरोना संक्रमित ब्यक्तिको बाँकेमा उपचारका क्रममा मृत्यू

दाङ २०७७ कार्तिक १५ गते शनिवार

दाङका कोरोना संक्रमित एकजना कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो ।

उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उहाँले उपचारको क्रममा रोगको प्रकृति अनुसार गरिनु पर्ने अक्सिजन, रेम्डेसिभर, एन्टिबायोटिक लगायतका सबै प्रकारको सपोर्टिभ उपचार गर्दागर्दै शनिवार बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको बताउनुभयो ।

शुक्रवार पनि दाङकै राप्ती गाउँपालिका वडा नम्बर १, का ६५ वर्षीय कोरोना संक्रमित एक पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस