एउटै दृष्टि, भिन्न कोण

स्तरउन्नतिको पर्खाइमा सल्यान पातिहाल्ना- बडाढुङ्गा-चाख्लेपातल रोल्पा सडक

रोल्पा २०७७ कार्तिक १६ गते आइतवार

पातिहाल्ना- बडाढुङ्गा- चाख्लेपातल सडक निर्माण भएको एक दशक बितिसक्दा पनि ठुला गाँडी चल्न सकेका छैनन । स्थानिय तह गठन पश्चात गंगादेब गाँउपालिकामा निर्बाचित जन प्रतिनिधि आउदा पनि यस बाटोलाइ स्तरउन्नतिको लागि प्राथामिकतामा पर्न नसक्दा ठुला गाडी चल्न नसकेका हुन ।

झण्डै एक दशक अगाडी निर्माण गरिएको रोल्पाको गंगादेब गाँउपालिका वडा नं ३ मा पर्ने सल्यान पातिहाल्ना- बडाढुङ्गा- चाख्लेपातल रोल्पा ७.५ किमी सडक स्तरउन्नतिको पर्खाइमा रहेको हो । बिश्व खाध्य कार्यक्रमको आर्थिक सहयोग तथा डिप्रोक्स नेपालको सामाजिक परिचालन सहयोगमा तत्कालिन जिविस मार्फत २०६६ साल देखी निर्माण कार्य आरम्भ गरिएको मोटरबाट प्रत्यक्ष जन सहभागितामा चामल र दाल पारिश्रमिक लिएर २०६८ साल ३ बर्षमा निर्माण सम्पन्न भएको थियो ।

कृषि क्षेत्रमा आलु उत्पादनमा हब रहेको यस ठाउमा बर्षातको समयमा खासै बिग्रिदैन । बर्षादको समयमा निरन्तर चल्ने यस मोटरबाटो पहिरो पन्छाउने र खाल्डा खुल्डी पुर्ने काम भने बिगतमा जिनावाङ गाविस हुदै अहिले गाँउपालिका कार्यालयले गर्दै आएका छन। भोको पेटमा दाल,चामल पारिश्रमिक लिएर निर्माण गरिएको मोटरबाटो स्तरउन्नतिमा स्थानिय सरकारको ध्यान नजादा स्थानियहरु दुखी बनेका छन।

पातिहाल्ना- बडाढुङ्गा- चाख्लेपातल ७.५ किमी सडक स्तरउन्नति नहुदा यस मोटरबाटोमा ठुला गाँडी चल्न सकिरहेका छैनन । सामान ओसार पसार गर्ने ट्याक्टर साना गाँडीहरु मात्र चल्ने यस बाटोमा २ किमी मा सामान ओसापसार गर्न प्रति क्विन्टल १५०-२०० सम्म तिर्न किसानहरु बाध्य भएका छन ।

बर्षादको समयमा उत्पादि तरकारीबाली आलु निकासी गर्न यो बाटो धेरै प्रयोग आउछ । साना गाडी र ट्याक्टरहरु मात्र गुड्न सक्ने यस बाटोमा ठुला ट्रक लिन सकिदैन । ठुला ट्रकहरु तरकारीबाली उत्पादित क्षेत्रका जान नसक्दा छोटो दुरीमा पनि महङ्गो भाडा तिर्न बाध्य भएको स्थानिय ओपेन्द्र बहादुर वली बताउछन । उनले २ किलोमिटर ढुवानी गर्दा प्रति क्विन्टल १ सय ५० देखी २ सय सम्म तिर्नुपरेको दुखेसो पोखे ।

प्रस्तावित मदन भण्डारी लोकमार्ग यहि बाटो भएर सर्बे गर्न स्थानिय बासिहरुले प्रस्ताव गरेको भएता पनि गाँउपालिका सरकारले सबै मोटरबाटो गाँउबाट नभइ खोलाबाट सर्बे गर्न सहजिकरण गरेको छ । बिकासलाइ गाँउ बाट भन्दा पनि खोला र जंगलबाट निर्माण गर्न अगुवाइ गरेकोमा निर्बाचित नेतृत्वलाइ यस गाँउमा बिकास विरोधिको चर्चा समेत सुरु भएको छ ।

उता गंगादेब गाँउपालिका अध्यक्ष बिरबहादुर खत्री भने यस बाटोमा रहेका जग्गा जमिनमा बिवाद नगरे बाटो स्तरउन्नति गर्न तयार रहेको बताएका छन । उहाका अनुसार वडाका जनप्रतिनिधिले र स्थानिय नेता कार्यक्रताबाट बाटोमा ५ भन्दा बढी घरमा क्षेति हुने जानकारी आएको र बाटोको जग्गामा बिवाद हुन सक्ने भएकाले त्यस बिषयमा वडाबाट कुनै छलफल समेत नगराएको बताए ।

सरकारले कृषि क्षेत्रमा प्राथामिकता दिएको भएतापनि कृषि उर्भर क्षेत्रमा रहेको मोटरबाटो बारम्बार स्तरउन्नतिकोलागि वडा कार्यालय र गाँउपालिका कार्यालयमा अनुरोध गर्दा पनि पातिहाल्न- बडाढुङ्गा-चाख्लेपातल सडक खण्ड तिनै तहको सरकारको प्राथामिकतामा हाल सम्म पर्न सकेको छैन। आलु उत्पादनको हिसावले पकड क्षेत्र मानिएको यस क्षेत्रमा स्तरउन्नतिकोलागि स्थानिय सरकार गाँउपालिकाको ध्यान नजानु दुखको बिषय बनेको छ ।

पातिहाल्ना- बडाढुङ्गा-चाख्लेपातल सडक स्तरउन्नति नहुनुमा वडाका निर्बाचित जनप्रतिनिधि र स्थानिय नेताहरुको प्रयोग क्षेत्र नभएकोले बाटो प्राथामिकतामा पर्न नसकेको स्थानियहरुले बताउदै आएका छन।

प्रतिक्रिया दिनुहोस