एउटै दृष्टि, भिन्न कोण

कोमलको व्यंग्य: बिरेन्द्र मा बि को उत्कृष्ट निर्णय !

दाङ २०७७ कार्तिक २२ गते शनिवार

रोल्पाको गंगादेव-३ मा रहेको बिरेन्द्र मा बि नाउलीले मिति २०७७/०७/२० देखि कोमल राज डाङ्गी नामको ब्रान्ड पुनः ब्युताउने निर्णय गरेको छ।बिगतमा उक्त ब्रान्डले ग्राहकको मन निक्कै जितेको निश्कर्ष सहित सो निर्णय गरेको बुझिएको छ।उक्त ब्रान्डका संस्थापक कोमल राज डाङ्गी आफ्नो बिगतको पापको प्रायश्चित गर्न वनवास पसेकाले सो ब्रान्डले आफ्नो उत्पादनको गुणस्तर कायम गर्न सकेको थिएन।

ग्राहकको तिब्र असन्तुष्टि र पुरानो ब्रान्डको अत्यधिक मागपछी बिगतमा सिमखोला शाखाको जिम्मेवारि लिएर उत्कृष्ट कार्यसम्पादन गरेका सिमखोला शाखा पुर्व प्रमुखलाई नाउली केन्द्रको जिम्मा दिइएको बुझिएको छ।

अब ग्राहकले उत्पादक,बोतल,रौसी,बिर्को र स्वादमा केही फरक पाउने छैनन।नयाँ प्रमुखले संस्थापक को सल्लाहमै आफ्नो उत्पादन गर्ने र संस्थापक वनवासबाट नफर्कुन्जेल कार्यभार सम्हाल्ने बुझिएको छ।लामो समयको प्रतीक्षापछि आफ्नो उत्पादन सुरु गरेको कोमल राज डाङ्गी ब्रान्डले आफ्नो उत्पादन सुरुगरेसङ्गै अब उप्रान्त पुराना ग्राहकको तल तल सजिलै मेटाउने र बजार पुरानै लयमा फर्कने बुझिएको छ।

https://www.facebook.com/komal.oli.9/posts/3409050415879586

उज्यालो टाइम्सको “संजाल टाइम्स ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक

प्रतिक्रिया दिनुहोस