एउटै दृष्टि, भिन्न कोण

बिरेन्द्र माद्यामिक बिद्यालय प्रअ छनौट सन्दर्भमा कार्यरत पूर्व प्रशासन कर्मचारीको ब्याङ्गय

रोल्पा २०७७ कार्तिक २२ गते शनिवार


म तत्कालीन जिनाबाङ गाबीस को गाबिस सचिब हुदा एक पटक जिनाबाङ गाबिसको वडा नम्बर ९ को फुलबारी आमा समूहले मदिरा नियन्त्रणको लागि अभियान थालनी गरेको थियो र सो कार्यक्रमको सुरुवात बखुर बजारमा कार्यक्रम गरि गर्ने र तत्कालीन सबै दलका प्रतिनिधि स्वास्थका प्रतिनिधि प्रहरी विद्यार्थी बिद्यालयका प्रतिनिधिलाई बोलाइएको थियो ।

कार्यक्रम चल्दै गर्दा एक जना बिरेन्द्र मा बि नाउलिका विद्यार्थीलाई २/३ जना शिक्षक र तत्कालीन बि ब्य स का प्रतिनिधिले सिकाएर कण्ठ गराएर भाषण गर्न लागाएका रैछन, भाषण यस्तो थियो

“रक्सी नै मेरो जीवन हो रक्सी बिन हाम्रो घर चल्दैन मेरो पढाइ बन्द हुन्छ त्यसैले यो अभियान गलत छ !” रक्सी खाएरै कार्यक्रममा आउनु भएका प्र अ मुसुमुसु हास्नु भयो , बि ब्य स का अध्यक्षले ठुलै लडाइ जिते जसरी जुङ्गा मुसार्नु भो १०/१२ जनाले ताली बजाए । म रुञ्चे अनुहार लिएर घरमा आए साथमा तत्कालीन स्वास्थ प्रमुख दोर्ण डाँगी भाइ पनि हुनुहुन्थ्यो उहाले म तिर हेर्नू भयो मैले उहातिर अभियान सकियो ।

प्रतिक्रिया दिनुहोस