एउटै दृष्टि, भिन्न कोण

बंगलाचुलीको सुधा माद्यामिक विद्यालय जुनियर रेडक्रस भेला सम्पन्न

दाङ २०७७ कार्तिक २५ गते मङ्गलवार

सुधा माध्यामिक बिदयालय जुनियर रेडक्रस सर्कल बंगलाचुली ५ झेल्नेटा दाङ को बार्षिक भेला सम्पन्न भएको छ । कोरोना करहको समयमा कक्षा ६-१० सम्म बाट प्रतिनिधित्व मुलक प्रतिनिधि सहभागितामा कार्तिक २४ गते भेला सम्पन्न गरेको हो । कोरोना करहले गर्दा भेला बिद्यालय संचालन भए लगतै गरिएको बिद्यालय ले जनाएको छ ।

बार्षक भेला बाट जुनियर रेडक्रस सर्कल कार्यसमितिमा रहेका रिक्त पद पूर्ति गरेको छ । रिक्त पद पूर्ति पश्चात भेलाले बिद्यालयमा संचालन गरिने बार्षिक योजना निर्माण पनि गरेको छ ।

बार्षिक भेलामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सदस्य तथा जुनियर रेडक्रस सर्कल संयोजक भिम मरासिनी आथित्यता रहनुको साथै रेडक्रस अभियान र जुनियर रेडक्रस सर्कलको बारेमा सहजिकरण गर्नुभएको थियो ।

बंगलाचुली गाँउपालिकामा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको बंगलाचुली गाँउपालिकामा संचालित कार्यक्रम स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य परियोजना संचालनमा छ । जुनियर रेडक्रस सर्कलको बार्षिक भेलामा परियोजनाको तर्फबाट जिल्ला कार्यक्रम अधिकृत टेकम वली र पालिका संयोजक नारायण पहाडिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस