एउटै दृष्टि, भिन्न कोण

रोल्पाको ग्रामिण क्षेत्रमा रहेको भगवती आबि मा बालबालिका भत्किन लागेको जिर्ण भवनमा पढ्न बाध्य

गंगादेब गाँउपालिका रोल्पा २०७७ कार्तिक २८ गते शुक्रवार

रोल्पाको गंगादेब गाँउपालिका वडा नं ३ मा रहेको भगवती आधारभूत बिद्यालयमा बालबालिकाहरु भत्किन लागेको जिर्ण भवनमा पढ्न बाध्य भएका छन। भवन अभावका कारण जिर्ण भवनमा  जोखिम मोलेर पठनपाठन गरिरहेका हुन।

बिगत केहि बर्ष अघि जिनावाङ गाविसको अनुदान रकम र स्थानियको श्रमदानबाट निर्माण गरिएको २ वटा भवन (२/२ कोठे) २०७२ सालको भूकम्प धक्का पश्चात् चर्कदै गएका थिए। यसै बर्षको बर्षातले बिद्यालयलाइ थप जोखिम बढाउदा पनि जिर्ण भवन निर्माण गर्ने या मर्मत गर्ने भन्ने तर्फ कसैको ध्यान समेत गएको छैन।

चार कोठे ब्लक निर्माणकोलागि गाँउपालिकामा निबेदन दिएको भएपनि उचित सम्बोधन नभएको प्रअ शेरबहादुर वली बताउछन। यसै बिद्यालयमा गाँउपालिकाले २ बर्ष अगाडि दुई कोठे ब्लक निर्माण सहयोग गरेको थियोे।

कक्षा १-८ संचालनरत यस बिद्यालयमा न्यूनतम पनि ११ कोठा आवश्यक पर्छ। भौतिक पूर्वाधारको हिसावले हाल दुई कोठे ३ वटा राम्रो  भवनहरु छन। राम्रो भवनमा बिद्यालय प्रशासन र कम्प्यूटर ल्याव संचालन गरिएको छ। बाँकी ४ राम्रो कोठा बालबालिका पढ्छन। कोठा अभावका कारण जिर्ण भवनमा पढाउनु बाध्यता रहेको शिक्षकहरु बताउछन।

बिद्यालयमा भएका राम्रा भनिएका भवनहरुमा रङ रोगन पनि गरिएको छैन। जिर्ण भवन लिपपोत गरेर संरक्षण गर्न समेत कोसिस गरिएको छैन । बिद्यालय भवन देख्दा पनि भद्दा देखिन्छन। बिद्यालयमा भौतिक पूर्वाधार निर्माणमा प्रधानाध्यापक शेरबहादुर वलीले चासो नदिदा भवनहरु जिर्ण भएको अभिभावकहरु बताउदै आएका छन। बिद्यालय सुधारको लागि उनि प्रधानाध्यापक भएदेखि अभिभावकलाइ श्रममा बेवास्था समेत गर्दै आएका छन । हप्तामा धेरैजसो दिन गाँउपालिका पुग्ने गरेकामा प्रअ ले सम्बन्धित निकायमा मागमा जोड दिएका छन नत अभिभावक सङ के गर्ने भनि सल्लाह नै गरेका छन । बिद्यालय यस्तो हुनुमा बिद्यालय प्रशासक नै जिम्मेवारी रहेको अभिभावकको गुनासो छ ।

बिद्यालय निर्माणमा अभिभावकहरुको खासै भूमिका नदेखेका प्रधानाध्यापक बिद्यालयमा निर्माणहुने भौतिक संरचना तथा अन्य प्रशासनिक निर्णयमा अभिभावकलाइ खासै जानकारी दिने गरेका छैनन। नाम नखुलाउने सर्तमा जानकारी दिने स्रोतका अनुसार “सबै अभिभावकलाइ सोध्न घरमा जानेहो भने बिद्यालय ब्यवस्थापन समितिको के काम भयो” भनेर तर्क गरिरहेको बताउछन ।

प्रतिक्रिया दिनुहोस