एउटै दृष्टि, भिन्न कोण

रोल्पामा स्व.सीता महराको श्रद्धाञ्जलीसभा सम्पन्न: परिवाजनबाट अक्षयकोष स्थापना

रोल्पा २०७७ मङ्सिर २ गते मङ्गलवार

मा. पुर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य कृ्ष्णबहादुर महराका जीवनसंगिनि स्व. सीता महरा को श्रद्धाञ्जलीसभा राेल्पामा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा राेल्पा जिल्ला कमिटीकाे आयाेजनामा रोल्पा जिल्लामा रहेको कृष्णबहादुर महराकाे मेबाङ स्थित निवासमा कार्यक्रम सम्पन्न भएको हो।

श्रद्धाञ्जली सभाबाट पूर्वसभामुख तथा माननिय कृष्णबहादुर महराको परिवार बाट शाेकलाई शक्तिमा बदल्दै शाेकाकुल परिवारजनले क. सीता महराको नाममा महत्वपूर्ण निर्णय सार्वजनिक गर्नुभएको छ ।

उहाँले श्रद्धाञ्जली सभामा आफ्नो जीवन संगीनीको योगदानलाई सम्मान स्वरुप सीता महरा फाउण्डेशन निर्माणको लागि १ लाख २५ हजार, आफ्नो छिमेको विद्यालय तारा मा.वि. बामरुकमा १ लाखको अक्षयकोष निर्माण, आफ्नो आफूहरुले निर्माण मन्दिरको तल्लो तलामा रहेको हललाई सीता महरा हल नामाकरण, दाउराघास जादा भारी विसाउने स्थानमा विसौनी निर्माण गरिने बताउनुभयो ।

महाराले आफूलाई पीडा परेको बेला चिनिया कम्युनिष्ट पार्टीले औपचारिक रुपमा पत्र पठाई दुख व्यक्त गरेकोले आफ्नो पीडा अन्तराष्ट्रिय करण भएको बताउनुभो । साथै नेपाका विभिन्न विशिष्ट व्यक्तिहरुले सम्वेदना पत्र, फोन गरी दुख व्यक्त गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो

प्रतिक्रिया दिनुहोस