एउटै दृष्टि, भिन्न कोण

परीक्षा हलमा विद्यार्थीले बनाएको टिकटक भिडियो भाइरल, कक्षा १२ को नभएको पुष्टी

काठमाडौ २०७७ मङ्सिर १० गते बुधवार

परीक्षा संचालन भइरहेका बेला बिद्यार्थीहरुले मोबाइलमा टिकटक बनाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

भिडियोमा केहि विद्यार्थीहरुले आफै उत्तर लेखिरहेको देखिन्छ भने अर्को तिर गाडा हरियो रङको स्वट लगाएकी बिद्यार्थीहरुले मोवाइलबाट हेर्दै उत्तर सारिरहेको देख्न सकिन्छ । उक्त भाइरल भएको भिडियो मा प्रस्ट सँग भिडियो बनाउने विद्यार्थी देखिएका छन ।

परीक्षा संचालन भइरहेको कक्षा कोठामा गार्ड पनि देखिदैनन् । केही बाहेक सबै विद्यार्थीहरुले मास्क लगाएका छन् । भाइरल भएको उक्त भिडियो हेर्दा परीक्षा मयादित ढंगका साथ संचालन हुन नसकेको अनुमान लगाउन सकिन्छ ।

कार्तिक २५ गते प्रकाशन भएको उक्त भिडियो कक्षा १२ को नभएको र विद्यालयले लिने आन्तरिक परीक्षामा उक्त विद्यार्थीले बनाएको भिडियो अहिले भाइरल बनाइएको पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस