एउटै दृष्टि, भिन्न कोण

श्रीमान विदेश गएको डेढ वर्षमा श्रीमती सम्पर्क विहिन, खोजि गर्दिन आफन्तको आग्रह

ओखलढुंगा २०७७ पुष ४ गते शनिवार

ओखलढुंगा जिल्ला चम्पादेबि गाउँपालिका ५ घर भएकी पार्वती लामिछाने बुढाथोकी वेपत्ता भएकी छन् । औषधि उपचार गर्न ओखलढुंगाको सोब्रो मिसन हस्पिटलमा जान्छु भनेर मंसिर २० गत्ते ३ लाख ८० हजार नगद लिएर गएको दुई दिनपछि सम्पर्क बिहिन भएको उनका आफन्त बताउँछन् । उनी अरु कसैसँग काठमाडौ मै लुकिछिपी बसेको आसांका आफन्तले गरेका छन् ।

सम्पर्क विहिन पार्वती लामिछाने बुढाथोकी

उनका श्रीमान युवराज बुढाथोकी वैदेशिक रोजगारीका लागि साउदी अरब गएको डेढ वर्षमा उनी वेपत्ता भएकी हुन् । युवराज गरिबी र बेरोजगारका कारण आफ्ना लालाबाला घर चलाउनकै लागि गर्भमा रहेको छोरा, बा-आमा छोरी र प्राण प्यारी श्रीमतीलाई छोडेर साउदी अरब पुगेका थिए । समय बित्दै गयो गर्भमा रहेको छोरा जन्मेको एक बर्षमै वित्यो प्रदेशी बाउले छोरालाई खेलाउने त परैको कुरा नजिकबाट देख्न पनि पाएनन् । प्रवासमा युवराज पुत्र शोकमा भावह्विल बने यता भने श्रीमती छोरा बितेको एक महिना नपुग्दै परिवारको सम्पर्क बिहिन भएकी छन् ।

पार्वती हराएको जानकारि गराउँदै कसैले देखेमा फोटो अनुसार चिन्नु हुनेले ९८६८६८८९१० वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस