एउटै दृष्टि, भिन्न कोण

बार्किबाङ खानेपानी आयोजना गाउपालिका अध्यक्ष द्वारा उद्घाटन

रोल्पा २०७७ पुष ४ गते शनिवार

सुनछहरी गाउँपालिका वडा नम्बर ५ पोबाङको बर्किबाङ खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन गरिएको छ । आज एक कार्यक्रमका आयोजना गरि गाउँपालिका अध्यक्ष आशबहादुर पुन द्वारा उद्घाटन गरिएको हो ।
बर्किबाङ खपा आयोजना गत कार्तिक ३ गते देखि निर्माण कार्य सुरु भई पुष १ गते सम्पन्न भएको हो। अयोजना गाउँपालिका अनुदान ५४ हजार १ सय ३७ रुपैयाँ,आइएन एफ रोल्पा शाखाबाट २ लाख ५२ हजार ५ सय ८२ रुपैयाँ र जनश्रमदान २ लाख ३० हजार ३ सय ९३ रुपैयाँ गरि ५ लाख ३७ हजार १ सय १२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका प्रशासन शाखा प्रमुख दया बहादुर बुढामगरले जानकारी दिनु भयो। आयोजनाबाट पोबाङका २० घरधुरी लाभान्वित भएका छन। कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर पुन,आइएन एफ रोल्पा शाखाका कार्यक्रम अधिकृत अर्जुन काप्री,वडा नम्बर ५ जैमाकसलाका अध्यक्ष तिर्खबहादुर बुढाथोकी,गाउँपालिका प्रशासन शाखा प्रमुख दयाबहादुर बुढामगर,गाउँपालिका पशु शाखा प्रमुख सुनबहादुर पुनमगर,कृषी शाखा प्रमुख शिवकुमार झालगाएतको उपस्तिथि रहेको थियो।

साथै बर्किबाङमा संचालन गरिएको प्लास्टिक टनेलको पनि अनुगमन गरिएको छ। गत वर्ष ५ नम्बर वडा कार्यालयको अनुदानमा वितरण गरिएको प्लास्टिक टनेल भित्रमा अहिले स्थानीय कृषकहरुले विभिन्न तरकारी उत्पादन गरि रहेको कृषि शाखा प्रमुख झाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस