एउटै दृष्टि, भिन्न कोण

गंगादेब गाउपालिका रोल्पामा नेकपा प्रचण्ड-माधव पक्षको प्रशिक्षण तिब्रता

रोल्पा २०७७ माघ ३ गते शनिवार

गंगादेब गाउपालिका रोल्पामा नेकपा प्रचण्ड-माधव पक्षको कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम तिब्रता पाएको छ । यसै सन्ददर्भमा गंगादेव गाउपालिका वडा नम्बर ३ मा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम माघ २ गते  सम्पन्न भएको छ । यस अघि वडा नं ६,७,२ मा कार्यक्रम सम्पन्न भैसकेको छ ।

प्रशिक्षण कार्यक्रम नेकपा पार्टी वडा अध्यक्ष राम बहादुर खत्रीको अध्यक्षता र नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य बिरबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षण तथा भेटघाट कार्यक्रममा वडा भित्रका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रशिक्षण कार्यक्रमको भेलाबाट राष्ट्रिय युवा संघ ३ नम्बर वडाको जिम्मेवारी तोकिएको छ ।  वडा इन्चार्ज जीवन डागी,सह-इन्चार्ज धन बहादुर वली, सयोजक-लाल बहादुर खत्री, सह सयोजक- चुडमणी घर्ती रहनेगरी जिम्मेवारी तोकिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बिरबहादुर खत्रीले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमका विरुद्ध आन्दोलन शसक्त बनाउन आवहान गरेका थिए । उनले नेकपाको अन्तरिम बिधान, नीति बिधीलाइ मिचेर पार्टीमा कुनै निर्णय नगरी  असंम्बैधानिक तवरले संसद विघटन गरेर देशलाई संकट तर्फ धकेलेको बिषयमा प्रशिक्षित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस