एउटै दृष्टि, भिन्न कोण

‘केपी ओली एउटा भस्मासुर प्रवृत्तिको सन्कि र मुर्ख शासक हुन’ – नेता नेपाल

दाङ २०७७ माघ ३ गते शनिवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई एउटा भस्मासुर प्रवृतपको सन्कि साशक भएको टिप्पनी गरेका छन् ।शनिवार दाङको तुलसीपुरमा उक्त समुहको जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बिधि पालना गर्नेहरुले विधिका बारेमा गम्भीरताका साथ सोच्ने भएपनि विधि, विधान र संविधान संग कुनै मतलव नराख्ने ओली जस्ता व्यक्तिले जे गर्दापनि त्यही बिधि हो भन्ने गरेको उल्लेख गरे ।

‘मैले जे गरे त्यही विधि, मैले जे गरे त्यही संविधान , मैले जे भने त्यही कानुन,’ नेपाले अगाडि भने ‘ एउटा सन्की राजालाई जे मन लाग्यो त्यही कानुन हुन्छ । आज सन्की शासक हामीले पाएका छौं।’ उनले केपी ओलीको नाम सन्की, भष्मासुर लगाएत जे – जे राखेपनि हुने आरोप लगाए ।‘ भष्मासुर राख्नुस त्यो पनि फिट, सन्की भन्नुस त्यो पनि फिट, अहंकारी भन्नुस त्योपनि फिट’, नेपालले अगाडि भने ‘सबै कुराको सर्वज्ञाता भन्नुस त्योपनि फिट, सबै अज्ञानी म मात्रै ज्ञानी भन्नुस त्यो पनि फिट ।’ अध्यक्ष नेपालले केपी ओलीलाई कसैको सुझाव नचाहिने र सकैको सुझाव सुन्न मन नपर्ने,तर प्रशंशा मात्रै मन पर्ने आदत रहेको टिपप्नी गरे ।

‘प्रशंसा कस्लाई मन पर्छ थाहाँ छ,’ उनले प्रश्न गरे ‘ मुर्ख शासकलाई ।’ उनले एउटा माहाराजलाई नाङ्गो र मुर्ख बनाउन यो लुगा असाध्य सुहाउँछ भन्दै नाङ्गै पारेको किस्सा सुनाए । नाङ्गै महाराज यो त हजुरलाई जिउमा असाध्यै फिट भएको लुगा हो भनेर फुक्याउँदा ती मुर्ख महाराजले आफुलाई ऐनमा हेर्दा नाङ्गै देखेपनि वरिपरी बसेका भारदारलाई सोद्धा, उनीहरुले पनि हो महाराज हजुरलाई खुबै सुहाएको छ भनेपछि ती महाराज सडकमा नाङ्गै गए जस्तै प्रधानमन्त्री ओलीपनि नाङ्गै हिडिरहेको दोषारोपन गरे ।

सड्कमा ती महाराजलाई देख्ने एक बालकले महाराजलाई नाङ्गै छन भनेपनि सबैले नाङ्गै भन्न थालेपछि उनी भागे जस्तै एक दिन सन्की केपी ओलीपनि भाग्ने उनले जिकिर गरे । त्यस्तै सन्की महाराज हुन केपी ओलीजी भएको उनले बताए । आफु निकटका भारदारहरुले प्रतिनिधिसभा भंग गरेर ठिक गर्नु भो भन्दापनि ओली दंग परेको उनले बताए । त्यस्तै पार्टी फोड्दा, कम्युनिष्ट आन्दोलनलाई सिध्याउँदा पनि भारदारले ठिक गर्नु भयो, भनेको सुन्दा ओली दंग रहेको उनले बताए । ताली बजाउने वरिपरी बसेका ती गणेश प्रबृतिका मान्छेहरु बिबेक हराएका र बिस्लेशन क्षमता गुमाएका मानिसहरु भएको उनले तर्क गरे ।

त्यसघि उनले ओलीले आफु जुन भ¥याङबाट प्रधानमन्त्री बनेपनि पछि त्यही बिर्सिएको बताएका थिए । कसैले आँखा लगाए कुर्सी नै भाँचि दिन्छु भन्ने गरेको तथा जुन घरमा बसेका छन् त्यो घरमा झगडा भयो भनेर घर नै आगो लगाउन उद्यत रहेका भष्मासुर प्रबृति ओलीमा रहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस