एउटै दृष्टि, भिन्न कोण

गंगादेब गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी शालिकराम बस्नेतलाई

रोल्पा २०७७ माघ ६ गते मङ्गलवार

गंगादेब गाउपालिकामा लामो समयको आलोचना पछि प्रशासन तर्फको कर्मचारी लाई आर्थिक अधिकार सहितको नि.प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी तोकिएको छ । माघ ५ गते चलान गरिएको प्राप्त पत्र अनुसार सामान्य प्रशासन तर्फ अधिकृत शालिकराम बस्नेतलाइ प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मकोलागि जिम्मेवारी तोकिएको हो ।

यस अघि प्राबिधिक तर्फको कर्मचारीलाई नि प्रमुख प्रशासकिय अधिकृतको सिफारिस गरेकोमा गाउपालिकाको आलोचना भएको थियो । नि प्रशासकिय अधिकृत सक्कलदेब यादव डेढ महिना देखि बिना सुचना गाउपालिकाको सम्पर्क बाहिर रहदा कार्य सम्पादनमा परेको समस्या र गाउपालिकाको कार्य प्रति सामाजिक संजाल र मिडियामा गाउपालिकाको आलोचना भएको थियो ।
मिडिया र सामाजिक संजालमा आलोचना पश्चात् गाउपालिकाले नया प्रशासकिय अधिकृतको लागि आवश्यक पहल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस