एउटै दृष्टि, भिन्न कोण

ललिताकुञ्ज आ.बि. लम्जुङको बिब्यस गठन – अध्यक्षमा बखद गुरुङ

लम्जुङ २०७७ माघ ७ गते बुधवार

लमजुङ मर्स्याङदी गा.पा.को ललिताकुञ्ज आधारभूत विद्यालय सिउरुङको वि.व्य स. गठन गरिएको छ ।  औपचारिक रुपमा सुरु भएको कार्यक्रमको अध्यक्षता गाउ कार्यपालिका सदस्य पारकाशी गुरुङले गर्नुभएको थियोे । साथै कार्यक्रमको संचालन शिक्षक रामबहादुर खत्री ले गर्नुभएको थियो ।  बखत बहादुर गुरुङ अध्यक्षतामा नौ सदस्यीय  वि.व्य.स. समिति गठन गरिएको छ । जसमा सदस्यहरु पारकाशी गुरुङ ,सु:गणेश ब. गुरुङ, नन्द घले, तोमाया गुरुङ, मुक्तिकाशी गुरुङ, कुमान सिङ गुरुङ, शि. प्रतिनिधि रमेश चन्द्र घिमिरे र सदस्य सचीव उमर ब. गुरुङ रहेका छन।
साथै भेलाबाट कुम बहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय शि.अ.सं. गठन गरिएको छ । जसमा सदस्यहरु मनकाशी गुरुङ, सन्तमाया गुरुङ, डम्बरजङ्ग गुरुङ, डिल्लिजङ्ग घले, टिकाराम बि क, जैसरी गुरुङ, शि.प्रतिनिधि राम ब.खत्री र सदस्य सचीव  उमर बहादुर गुरुङ रहनु भएका छ। मनिराम गुरुङ को संयोजकत्वमा पाँच सदस्यीय बि.सल्लाहकार समिति गठन गरिएको छ। जसमा हंसमान गुरुङ, कर्ण ब. गुरुङ , सन्तकाशी गुरुङ र खिम ब.गुरुङ सदस्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस