एउटै दृष्टि, भिन्न कोण

शिक्षक महेश कुमार केसीको दुर्घटनामा परि मृत्यू

काठमाडौ २०७७ माघ ८ गते बिहिवार

गंगादेब गाँउपालिका वडा नं ३ मा रहेको गणेश आधारभूत बिद्यालय बडाढुङ्गामा अध्यापनरत शिक्षक महेश कुमार के.सी.को दुर्घनामा परि मृत्यू भएको छ । गंगादेब गाँउपालिका वडा -३ स्थाइ घर भएका ४९ बर्षिय शिक्षक महेश कुमार केसी बिहिबार बिद्यालयबाट घर फर्कदै गर्दा दुर्घटनामा परि ज्यान गएको हो ।

शिक्षक महेश कुमार केसी बिद्यालयबाट फर्कदै गर्दा बाटोमा घरायसी काममा संलग्न भएका थिए। सोहि क्रममा उनलाइ माथिबाट लडेको मुढाले च्यापेर मृत्यू भएको हो। स्थानियका अनुसार शिक्षक महेश कुमार केसीको घटना स्थलमा घाइते अवस्थामा उद्दार गरिएको थियो। उपचारकोलागि तत्कालै दाङ तुल्सिपुर लगिएको थियो। उपचारको लागि तुल्सिपुर पुर्याइएका केेेेसी लाइ रातको ९ बजे डाक्टरले मृत घोषणा गरेका छन । शिक्षक महेस कुमार केसी लाइ हातमा चोट लागेको देखिन्छ तर उनको बाहिरी चोट नभइ भित्री चोट धेरै भएको हुन सक्ने बताए ।

२०२८ सालमा जन्मेका महेश कुमार केसी इमान्दार कर्मठ शिक्षककोरुपमा चिनिन्छन । शिक्षण सेवामा अस्थाइ सेवा हुँदै जागिरमा प्रबेश गरेका केसी नेपाल सरकारका स्थाइ शिक्षककोरुपमा शिक्षण सेवा गर्दै आएका थिए । लामो समय गाँउ बाहिर शिक्षण क्रियाकलापमा संलग्न रहेका केसी अहिले आफ्नै गाँउको गणेश आधारभूत बिद्यालमा अध्यापन गराउदै आएका थिए ।

शिक्षक संघमा आवद्द केसी जिल्ला तहको नेतृत्वमा लामो समय सम्म रहेर शिक्षक राजनिती र बिवाद रहित भूमिकामा शिक्षण सेवामा काम गरेको मानिन्छन। हाल उनी शिक्षक सघ लुम्बिनि प्रदेश किमिटीमा आबद्द थिए । बिहिबार बिद्यालबाट फर्कदै गर्दा घरायसी काममा संलग्न केसीको अन्तिम दिन बनेको छ। ४९ बर्षिय शिक्षक महेश कुमार के.सी.का दुइ सन्तान १ छोरा र १ छाेरी छन। दुबै उच्च शिक्षाहासिल गरेका छन । छोरी नेपाल सरकारको स्थाइ सेवामा समेत प्रबेश गरेकी छन। छोरा ब्यवसाहियक योजना बनाएर काम गरिरहेका छन । शिक्षक महेश कुमार केसी २ छोरा तर्फका नाति र १ छोरी तर्फ नातिनी रहेका छन । शिक्षक महेश कुमार केसी का साथी तथा सुभचिन्तकहरुले घटना भएको जानकारी पाउने बित्तिकै सामाजिक संजालमा दुख ब्यक्त गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस