एउटै दृष्टि, भिन्न कोण

पूर्वसभामुख महरा पत्नीको स्मृतिमा सीता महरा मेमोरियल फाउण्डेशन स्थापना

दाङ २०७७ माघ ८ गते बिहिवार

पूर्वभासमुख कृष्णबहादुर महराकी पत्नी दिवंगत सीता महराको स्मृतिमा “सीता महरा मेमोरियल फाउन्डेशन” स्थापना भएको छ ।

दिवंगत महराको स्मृतिमा विभिन्न सामाजिक काम गर्ने उद्देश्यले फाउण्डेशन स्थापना भएको हो । फाउण्डेशनको अध्यक्षमा तेजकुमारी महरा केसी, उपाध्यक्ष निर्मल महरा ‘एटम’, महासचिव केशरमान बुढाथोकी, कोषाध्यक्ष रेशम महरा, सदस्यमा कुश्मा महरा, ओबिलाल महरा र प्रमोद शर्मा रहनुभएको छ ।

फाउण्डेशनको पहिलो बैठकले संरक्षक तथा सल्लाहकार चयन गरेको छ । फाउण्डेशनको संरक्षकमा पूर्वसभामुख कृष्णबहादुर महरा रहनुभएको छ । त्यसैगरी कानुनी सल्लाहकारमा अधिवक्ता प्रेमबहादुर वली, सल्लाहकारमा जुना महरा र लालबहादुर महरा रहनुभएको छ । फाउण्डेशनले दिवंगत सीता महराको निधन भएको ६ महिनामा दाङ, रोल्पा लगायतका विभिन्न स्थानमा स्मृति सभा गर्ने निर्णय गरेको छ । त्यसैगरी दिवंगत महराको सम्झनामा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय समेत रहेको छ ।

दाङको घोराही उपमहानगरपालिका– १७ मा केन्द्रीय कार्यालय रहेको फाउण्डेशनले रोल्पा तथा आवश्यकता अनुसार देशभरि शाखा विस्तार गरी सामाजिक कार्य गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस