एउटै दृष्टि, भिन्न कोण

नेर्तृत्वको सत्तास्वार्थले समाजबादी ब्यवस्थामा पुग्न सकिएन ।

रोल्पा २०७७ माघ १० गते शनिवार

इतिहास हेर्ने हो भने नेपालमा देशको संबृद्दि र मानव जीवनको स्थर माथी उकास्न भन्दै धेरै क्रान्तिहरु सम्पन्न भए। पृथ्विनारायण शाहको नेपालको एकिकरण देखि देश संघिय शासन प्रणालिमा लैजाने जनताबाट निर्बाचित प्रतिनिधिबाट संचालित शासन सम्म। श्रमजिवीवर्गको राज्यसत्ता, पुजीवादी व्यवस्थाको अन्त्य, मानव धर्मको स्थापना, एकै प्रकारको शिक्षा, स्वास्थ, वैज्ञानिक र व्यबहारिक शिक्षाको स्थापना, धर्म-धर्म बिचको बितृष्णा र जाती-जाती बिचमा गरिने विभेदको अन्त्य,  सबैलाइ रोजगारीको सुनिश्चितता, घर पोत्नेको र जग्गा जोत्नेको लगायतका यावत नाराहरु उठाई श्रमजीवी वर्गलाई चेतनाको बृद्दि नाममा आन्दोलनमा होमिन बाध्य बनाइयो । आन्दोलन र क्रान्तिको नाममा भाइ भाइलाइ लडाउने काम भयो ।  

क्रान्ति नामाबाट सम्बोधन गरिएका महान भनिने जनयूद्दको संघर्षहरुबाट धेरै ब्यक्तिले ज्यान गुमाउनु पर्यो, कयौँ ब्यक्ति बेपत्ताको सुचिमा सुचिकृत भए र जिवन बचाउन सफल केहि ब्यक्तिहरु अपांग हुनुपर्यो। राज्य सत्ताले शान्ति र सुरक्षा स्थापनाको नाममा राज्य दमन गर्दै सयौँ बस्तीहरुमा आगो लगाइयो। धेरै घर र झुपडिहरु जलेर खरानी भए। ति जलेका घर भित्र बस्ने धेरै बालबच्चा टुहुरा भए । टुहुरा बालबालिकाहरु शिक्षा लिनबाट बन्चित हुनुपर्यो । यही स्वरुप सहन नसकि बिद्रोह स्वरुप निस्वार्थ शोषित बर्गकोरुपमा परिभाषित बर्गकोलागी भन्दै युद्ध मैदानमा होमिएका जनमुक्ति सेनाको नामाकरण र संघर्षका योद्दाहरु परिचालित थिए ।

दश बर्षे जनयूद्दमा संघर्षशिल यूद्दको शान जनमूक्ति सेना बिघटन पश्चात जनमुक्ति सेनाको अवस्था के छ होला? के दश वर्षसम्म सशस्त्र युद्ध गरेका जनमुक्ति सेनाहरुलाइ अयोग्यको बिल्ला भिराएर घर पठाइउनु उपयूक्त थियो? के जनयूद्द कालिन तालिम केन्द्र र डिभिजन कार्यालय स्थापनार्थ क्याम्पहरुलाइ संग्राहलयकारुपमा मात्र हेर्ने इच्छा सहि हो त? यि यावत प्रश्नको जवाफ सयले देला। समस्या कहाँ छ भने ति अयोग्यकारुमा परिभाषित गरिएका कतिपय जनमुक्ति सेनाका शरीरमा गोलि छर्रा यथावत छ्न। बाध्यतावस ति योद्दाहरु कृषि क्रान्तिका नारा र नाममा पुन पुरानै कृषि पेशामा लागेका छ्न भने कोहि बिदेशी भुमिमा आफ्नो श्रम बेची रहेका छ्न। केही त अझै पनि केहि गर्न नसकेर अन्योलताको जिवन बिताइरहेका छन। जो जहाँ भएपनि सबैको आर्थिक अवस्था नाजुक छ। सयौंको सामाजिक सदभाव खलबलिनुको साथै घरबार बिग्रिएको देखिन्छ।

जनयूद्दका सेना तथा कार्यकर्ताहरुलाई पुजीवादी समाजको अन्त्य सघै समाजवादी व्यवस्था को स्थापना गर्ने प्रशिक्षित गरेर गाउगाउमा अवतरन गराइयो। अहिले त्यो पुजीवाद व्यवस्थाको अन्त्य गर्न गाउगाउ अवतरण गराइएका कार्यकर्ता कहाँ कुन अबस्थामा छ्नऽ उतिबेलाका नेतृत्व सग त्यसको आधिकारीक तथ्याङ छैन। यहि बिषयलाइ मुल एजेन्डाकोरुपमा स्थापित गर्दै होस या बिस्तापित गर्दै नेतृत्वहरु धेरै टुक्राटुक्रामा बिभाजन भइसकेका छन । उनिहरु यसलाइ पनि उपलब्धिकोरुपमा समिक्षा गर्दै अझै जनतालाइ फकाइरहेका छन । शान्ति र संबिधानका नाममा संसदिय ब्यवस्था अवतरित प्रतिनिधिको सत्ता स्वार्थका कारण मुल नेतृत्वबाट नै धोका भएको धेरैजसो युद्धस्तरका सहकर्मिरु आरोपलगाउने गर्छन। सत्ता स्वार्थ लिप्त नेताहरुको जिबनस्थर झ्वाट्ट हेर्दा आर्थिक रुपमा सम्पन्न देखिन्छ। समाजवादी व्यवस्थामा लाग्न नसक्नु बाँकी क्रान्ति पुरा गर्न एजेन्डाहरु ल्याउन नसक्नु सत्ताको स्वादमा लिप्त नेर्तृत्वको सत्ताको स्वाद नै मुख्य बाधक देखिन्छ ।

पहिले सबैलाई पद चाहिने र पद पाइसकेपछि जिम्मेवारी भूल्ने क्रान्तिका ग्रामिण नायकहरुको भूमिका देखिन्छ। अहिले सत्तामा तल देखि माथि सम्मका जिम्मेवारी लिएका बर्ग संघर्षका योद्दा सहकर्मिहरुलाइ बदनाम गर्न पछि पर्दैनन । भ्रष्ट मानसिकता भएका स्थानिय सत्ताको स्वाद लिने मतियारहरुको रबैयाको त कुरै छोडौ । यूद्दमा सहभागि नभएका तर यूद्द पश्चात निर्वाचित नायक रात्रिभोजमा सहभागि हुने संघर्षका मुद्दा भन्दा मोजमस्ति मुद्दाहरु, नाताबाद, कृपाबादमा लालइत भैरहेका छन। यिनि प्रतिनिधिहरु सत्ता र पद बाकि क्रान्ति पुरा गर्ने कार्यभारको बाधक तत्वकोरुपमा रहेको देखिन्छन।  तराइ देखि हिमाल सम्म सबै बिपन्न बर्गहरुको गाँस, बास, कपास, शिक्षा र रोजगारिको सुनिश्चित गर्न सकेका छैनन। उनै निर्बाचित प्रतिनिधिहरू संघियताको नाममा तहगत राज्य सत्ताको दुरुपयोगमा संलग्न भैरहेका छन त्यो प्रत्यक्ष होस या अप्रत्यक्ष होस।

अहिलेको राज्य सत्ताको आडमा गरिने दम्भ र सडकबाट देखिने बिद्रोह भनौ या रोइलो दुबैखाले रुवाबासी जनता भूलाउने र कुर्सि फुत्काउने दाउ मात्र हो। यो तातो आलु खेल जस्तो खेलमा बिजय घोषणा पश्चात पुन खेलमै फर्कने अभ्यासको निरन्तरता हो । देशमा संसदिय ब्यवस्थाको अवगुण नै यहि हो। संसदिय ब्यवस्था भित्र खेलेर क्रान्ति गर्छु, आन्दोलन गर्छु भन्नु न्याय प्रेमि दर्शक जनतालाइ झुक्याउने खेलको निरन्तरता हो। यदि दर्शक जनसमुदायको आवजलाइ तपाइ साचिकै सुन्न चाहानुहुन्छ भने नयाँ समाजबादी ब्यवस्था स्थापनकोलागि टुक्रा टुक्रा भएर होइन एकता भएर संभव छ । अब पुन फुटको धारमा नेतृत्व गरिरहेकाहरुले नयाँ सोचका साथ एकता भइ नयाँ समाजवादी व्यवस्थाको स्थापनामा लाग्ने बेला आएको छ । विश्वमा नेपालमा भएको जनयूद्द साच्चिकै बर्ष संघर्षको सफल अवतण थियो, मानब जीवनस्थर अगाडी बढाउन सहयोग गर्यो भन्ने कुराको उदाहरण बन्न आवश्यक छ। मेरो पद र मेरो सत्ता स्वार्थमा लिप्त सबै नेर्तृत्वले एक तहा माथि उठेर सोच्नेबेला आएको छ। सत्ता भोग र सत्तामा लिप्त सोच आजैदेखि त्यागौ ।

जय बैज्ञानिक समाजबाद ।।

प्रतिक्रिया दिनुहोस