एउटै दृष्टि, भिन्न कोण

रोल्पाको चर्चित होलेरी बजारमा नेकपाको बिरोध सभा

रोल्पा २०७७ माघ १० गते शनिवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पचण्ड-माधव समूह को बिरोध सभा रोल्पाको  होलेरी मा सम्पन्न भएको छ । रोल्पा प्रदेश निर्वाचन क्षेत्र २ (ख) कमिटीद्वारा होलेरी बजारमा प्रतिगमन कदमको विरोधमा आयोजित विरोध सभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति एवम् पूर्व ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरले  सम्बोधन गर्नुभएको हो ।

बिरोध सभाका प्रमुख अतिथि बर्षमान पुनले देश विकास र समृद्धका लागि स्थायी सरकार नेपाली जनताले मतदान गरेको बताउँदै नेपाली जनताको भावना विरुद्व र नेपाली जनताले गरेको बलिदान, त्याग, तपस्याबाट निर्माण भएको संविधानसभा मार्फत बनेको संविधानमाथि नै जननिर्वाचित संसद विघटन गरी हमला गरेको बताउनुभयो । जनताको सार्वभौम सर्वाेच्च संस्था संसदको हत्या भएको, निरङ्कुश कदमप्रति सबै आन्दोलित हुनका लागि उहाँले अपिल गर्नुभयो । उहाँले सामावेशी, समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र लगायतका परिवर्तनको एजेण्डालाई आक्रमण गरी प्रतिगमनले देशलाई नै प्रतिगमनतिर अगाडि बढेको नेता पुनले बताउनुभयो । उहाँले जनताको पक्षमा कानुन र सरकार बनाउने काम नेपाली जनताको सर्वाेच्च निकाय प्रतिनिधिसभा नै विघटन गरेर देशमा प्रतिगमन गरेको बताउँदै त्यसको प्रतिगमनको विरोधमा आन्दोलन गर्नका लागि सबै तयार हुन अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस