एउटै दृष्टि, भिन्न कोण

चौतारीमा बसेर अध्यक्ष घोषणा गर्दै हिडेका थिए, निर्वाचन आयोगले खत्तम पार्दिएछ: ओली

दाङ २०७७ माघ १३ गते मङ्गलवार

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी अध्यक्ष बने भन्दै हिडे पनि निर्वाचन आयोगले खत्तम पार्दिएको टिप्पणी गरेका छन्।

‘केही मानिसहरू बैठक छाडेर चौतारीमा बसेर अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिडेका थिए, त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दिएछ,’ उनले भने।

सोमवार लुम्बिनी प्रदेशको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटीयामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन ।

माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै दुइ चार जना मान्छेहरु बैठकमा नआएर, बैठक छोडेर बाहिर गएर, विभिन्न रेस्टुरामा बसेर केपी ओलीलाई पार्टी बाट निकाले रे, साधारण सदस्य बाट पनि निकाले रे , हास्न मन लागेन तपाईहरुलाई भन्दै उपस्थित नेता कार्यकर्तालाई प्रश्न गरे । ओलीले थपे, ‘उहाँहरू केपी ओली यो त पृथ्वीमै नरहे पनि हुन्छ भन्छन् ।’

‘अदालते हाम्रै पक्षमा फैसला गर्छ भन्ने हामीलाई विस्वास छ, यदि गरेन भने….यो भन्या के ? दाहाल प्रति लक्षित गर्दै ओलीले शाकाहारी आन्दोलनले चल्दैन भन्नुको अर्थ के ? ‘अब शाकाहारी आन्दोलनले चल्दैन युवाहरु भनेको के ?’ ओलीले भने ‘जनतालाई बाघ जसरी झम्ट भनेको हो ? अनि हिँशा खोज्या छैन रे, बाघ जस्तो झम्ट भन्नेले के खोज्या त ?’ भन्दै प्रश्न गरे । साथै उनले दाहाल र नेपाललाई दम्भ त्याग्न समेत चेतावनी दिए ।

सरकारले घोषणा गरेको निर्वाचन दाहाल र नेपालको दम्भले रोक्न नसक्ने भन्दै निर्धारित समयमै चुनाव हुने र त्यसको माहोल तयार पार्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस