एउटै दृष्टि, भिन्न कोण

ओली सरकारविरुद्ध आन्दोलन गराउन कांग्रेसका भ्रातृसंस्थाको म्याद ६ महिना थप

काठमाडौ २०७७ माघ १३ गते मङ्गलवार

नेपाली कांग्रेस केन्द्रीय समितिको ४६ दिन लामो बैठक सकिएको छ । पुस ७ गते सुरु भएको कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा समेत गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले म्याद सकिएका पार्टीका भ्रातृसंस्थाहरुको म्याद ६ महिनाका लागि थप गरेको छ । नेपाल विद्यार्थी संघ , नेपाल तरुण दल, नेपाल महिला संघसहित ११ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थप गरिएको हो । पार्टीले आन्दोलन घोषणा गरेपनि महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाहरु आन्दोलन अगावै अवैधानिक हुने भएपछि कांग्रेसले पहिला म्याद थपेर आन्दोलनको कार्यादेश दिएको हो ।

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध माघ १९ गते देशव्यापी प्रदर्शन गर्न भ्रातृसंस्थाहरुलाई जिम्मेवारी दिएको छ । त्यस्तै कांग्रेसका शुभेच्छुक संस्थाहरुले माघ २४ गते प्रदर्शन गर्नेछन् भने जिल्ला समितिको आयोजनामा माघ ३० मा देशव्यापी प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस