एउटै दृष्टि, भिन्न कोण

मदनभण्डारी लोकमार्ग सर्बे लाइनमा रोल्पा गंगादेबमा बिमति- यूवाहरुले भने जनप्रतिनिधिको अदुरदर्शिता

रोल्पा २०७७ माघ १४ गते बुधवार

मदन भण्डारी लोकमार्ग गाउबाट नभइ खोलाबाट मार्ग अगाडि बढाउन लाइन सहजिकरण गरेको भन्दै सचेत यूवाहरुले सामाजिक संजालमा सांकेतिक बिरोध जनाएका छन । फेसबुक र ह्वाटस एप्स मार्फत ग्रुपिङ गरेर गाउपालिका अध्यक्षको अदुरदर्शिताको चर्को आलोचना गरेका हुन ।

मदन भण्डारी लोकमार्ग पूठान-रोल्पा-सल्यान हुँदै सुर्खेत जोड्ने निर्णय अनुसार सर्बे गर्ने  बिषयले हर्षित बनाएको भएता पनि गंगादेब गाँउपालिकाको १,२ र ३ नम्बर वडालाइ छोएर जाने बाटो गाउँ बस्ति नभइ खोला हुदै बाटो अगाडी बढाउन लाइन दिने निर्णय निर्बाचित जनप्रतिनिधिको अदुरदर्शिता रहेको निष्कर्ष निकालेका छन ।

यसै बिषयमा वडा नम्बर ३ मा बिगतका बर्षमा करोडाै रकम खर्चेर  हाल सम्म गाडि चल्न नसकेको सडक गंगादेव ३ को मरट देखि पाथिहाल्ना खण्डमा काम अगाडि बढाउने सहमति गरेको देखिएको छ । जहाँ कोप ढुङ्गा फलाम जत्तिकै बलियो ढुङ्गाभएको स्थानमा बाटो हाल सम्म संचालन हुन दिएको छैन । खोलाको बाटो त्यसमा पनि तामाखानि एरियामा बाटो लाइन दिने गाँउपालिका र वडाका नेतृत्वको अदुरदर्शिता रहेको यूवाहरुको एकमत रहेको छ ।

गंगादेब गाउपालिका वडा नं ३ का सचेत यूवाहरुले बिगतका दिनमा करोड बढी रकम खर्चेर फुटाउन नसकेको तामाखानी रुटले फेरि पनि रोल्पा हुँदै लोकमार्गमा गाडी गुडाउने र यात्रा गर्ने सपना तुहाउने सड्यन्त्र नबनोस भन्दै सचेत गराउदै आएका छन । उनिहरुका अनुसार गंगादेब गाँउपालिकाको वडा नं १,२ र ३ का गाउहरुलाई छोएर बाटो निर्माण गर्न समेत सुझाएका छन ।

उनिहरुले भनेका छन यदि गाउपालिका केन्द्र नै छुवाएर लिने हो भने सुकाओढार बाट जिनावाङको  साविक २,३ वा ४,५ वडाको कुनै गाउबाट बाटोको बिकास गर्दा गंगादेबमा पनि ग्रामिण शहरीकरण बस्ति बिकासको नमुना गाँउ विकास गर्न सकिने  छललको निष्कर्ष छ । उनले  गंगादेब गाउपालिकामा एक किलोमिटर बाटो छोटो बनाएर मदन भणडारी लाेकमार्गमा दुरी छोटो बनाउछु भन्नू  गाउपालिका जनप्रतिनिधिको अदुरदर्शिता रहेको भन्दै चर्को आलोचना समेत गरेका छन।

मदन भण्डारी लोकमार्गकोलागि ओत र जिनावाङका जनताको भावना बिपरित गाउपालिका अध्यक्षले निर्देशन गरेको आरोप समेत लगाए । उनी पाखापानीको भूगोल मात्र सुधार गर्न चाहाने पात्र रहेको निष्कर्ष समेत निकालेका छन ।

यता सल्यान जिल्लामा भने लोकमार्गको लाइन ठिक भएको भन्दै सांसद टेकबहादुर बस्नेतले खुसि ब्यक्त गरेका छन । सल्यानमा ब्यापारिक केद्रहरुलाइ छुनेगरि जिल्लाको बिचबाट लोकमार्ग रेखाङ्कन गरिएको छ । भने सल्यानमा युद्दमा पिडित क्षेत्रलाइ लोकमार्ग छुन उपेक्षा गरिएको छ ।

यूवाहरुको प्रतिक्रिया अपडेट सामाााजिक संजालबाट

प्रतिक्रिया दिनुहोस