एउटै दृष्टि, भिन्न कोण

घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् क्षेत्रका श्रमिक आन्दोलित

दाङ २०७७ माघ १८ गते आइतवार

घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् क्षेत्र बंगलाचुली गाउँपालिका वडा नंम्वर ३ र ४ मा रहेको तापा माईन्समा कार्यरत श्रमीकहरु आन्दोलित भएका छन् । सिमेन्ट उद्योगले आफुहरुलाई नेपाल सरकारले जारी गरेको श्रम ऐन तथा उद्योग स्थापना गर्दा स्थानिय संग गरेको सहमति अनुसारको व्यवस्था नगरेको भन्दै श्रममिकहरुले आन्दोलन गरेका हुन् ।
श्रमीकहरुको अन्दोलनका कारण घोराही सिमेन्ट उद्योगको चुन ढुङ्गा उत्खनन क्षेत्रमा उत्खनन् तथा ढुवानी कार्य पूर्णरुपमा ठप्प भएको छ । घोराही सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खनन् क्षेत्रमा दुई प्रकारको श्रमिकहरु मार्फत काम गराई रहेको छ ।
जसमा पहिलो उद्योगको तर्फबाट र दोस्रो श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरुलाई काम लगाएको छ । जहाँ उद्योगको तर्फबाट काम लगाएका श्रमिकहरुलाई राज्यको नियमअनुसार पूर्ण सेवा सुविधा दिईएको तर श्रम आपूर्ति कर्तामार्फत काम लगाएका मजदूरहरुलाई पूर्ण सेवासुविधा नदिईएको भन्दै श्रमिकहरु आन्दोलित भएको पाईएको छ ।
विगत लामो समय देखि एउटै उद्योग संग उद्योगमा काम लगाईएका श्रमिकहरुलाई समान व्यवस्था हुनुपर्ने माग राख्दै निवेदन पेस गर्दा समेत उद्योगले पूर्णरुपमा व्यवास्ता गर्दा उद्योग नै बन्द गरेर आन्दोलन गरिएको संघर्ष समितिका संयोजक यम घर्ति मगरले जानकरी दिनु भयो । श्रमिकहरुले समान व्यवस्थाको माग गर्दै शनिबार देखि उद्योग बन्द गरेको र आफुहरुको माग पुरा नहुँदा सम्म उद्योग बन्द गराउने संयोजक घर्तिमगरले जानकारी दिनु भयो ।
घोराही सिमेन्ट उद्योगले श्रमिकहरुको विषयमा बंगलाचुली गाउँपालिका संग पटक-पटक छलफल तथा बार्ता गरेपनि छलफलमा गरेका सहमतिहरु पनि पालना नगरी व्यवास्ता गर्दै श्रमिकहरुलाई दबाएको श्रमिकहरुको गुनासो छ ।
श्रमिकहरुले राज्यले स्पस्टरुपमा श्रम ऐनमा श्रमिकहरुको हक अधिकारको विषयमा लेखेको भएपनि आफुहरुलाई उद्योगले श्रमसोषण गरी अन्याय गरेको आन्दोलनरत श्रमिकहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस