एउटै दृष्टि, भिन्न कोण

गंगादेब गाउपालिकाबाट दैनिक दूध संकलन र निर्यात गरिदै

रोल्पा २०७७ माघ २० गते मङ्गलवार

गंगादेब गाउपालिका वडा नं ३ केही गाँउबाट दैनिक १ सय लिटर भन्दा बढी दुध संकलन गरेर बजारमा पठाउने काम सुरु भएको छ । बिगत एक महिना देखि स्थानियहरुकै परामर्शमा दूध संकलन गरि सल्यानका बजारमा पठाउन थालिएको हो ।

दूध संकलन गर्दै -ओपेन्द्र बहादुर वली

भैसी दुहुनो रहेको प्रतिघर बाट डेढ लिटर देखि ५ लिटर सम्म बिहानको दुध बजार सम्म बेकरी उध्योगमा पठाउने गरेको संकलन सहयोग गर्दै आएका ओपेन्द्र बहादुर वलीले बताए । उनका अनुसार अहिलेको समयमा भैसिले दूध कम दिने समयमा पनि दैनिक दुई स्थानमा संकलन गरेर १ सय लिटर दूध भन्दा बढी एकै गाउबाट पठाउदै आएको बताए ।

संकलित दूध ढुवानी गर्दै बेकरी उध्योग

जिल्ला सदरमुकाम देखि दुरदराजमा रहेको गाउमा परम्परागत हिसावले भैंसी पालन गरिरहेका छन । भैंसी पालन कृषकलाइ ब्यवसाहिक रुपमा रुपान्तरण गर्ने कुनै निकायबाट हाल सम्म प्रयास भएको छैन । गाउपालिकाले दूध उत्पादन, संकलन, प्रशोधन कोे कुनै योजना समेत बनाएको समेत देखिदैन । वडा स्तरबाट पनि दूध उत्पादन योजना अगाडी बढाएको र हौसला दिएको देखिदैन।

गाउपालिकाबाट पशुपालनको क्षेत्रमा बाख्रा पालनमा मात्र बजेट बिनियोजन र खर्च गर्ने गरेको गुनासो कृषकहरुले गर्दै आएका छन । भैंसी पालनको राम्रो संभावना भएको यस क्षेत्रका ब्यवसाहिक हिसावले भैंसी पालन गरि दूध उत्पादन गर्ने ब्यवसाय संचालन गर्न प्रयास थालेमा आयआर्जन संभावना राम्रो देखिन्छ।

प्रतिक्रिया दिनुहोस