एउटै दृष्टि, भिन्न कोण

ओलीले भने : ‘मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौ’ (भिडियो)

काठमाडौ २०७७ माघ २३ गते शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको बताए ।

आफ्नो पार्टीद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै ओलीले भने, ‘अब पनि कोही अलमल छ त कुन पार्टी मूल पार्टी हो भनेर ? हामी हौं मूल पार्टी ।

‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन । अरुलाई जुन ठाउँ पनि ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं । तर, यहाँ पनि मान्छे अटेका छैनन् । उनले जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै भने, फेरि मान्छेहरु सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर । कोही अलमलमा छ अझै पनि भने कठैबरा भन्न सकिन्छ । मूल पार्टी कुन हो थाहा पाउनु परेन ? मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौं । ’

प्रतिक्रिया दिनुहोस