एउटै दृष्टि, भिन्न कोण

करार कर्मचारीकोलागि बागचाैरमा शंकास्पद परिक्षा, उत्तर नै थाहा हुनेगरी प्रश्नपत्रमा संकेत

सल्यान २०७७ माघ २५ गते आइतवार

सल्यानकाे बागचाैर नगरपालिकाले शंकास्पद प्रश्नपत्र बनाएर कर्मचारीकाे परिक्षा लिएकाे खुलेकाे छ । आइतबार नगरपालिकाले लिएकाे कृषि प्राविधिककाे करार कर्मचारीकाे लागि प्रश्नपत्र नै शंकास्पद देखिएकाे छ ।

परिक्षार्थीकाअनुसार पेपरमा लेखिएका प्रश्नकाे उत्तरलाइ नै सांकेतिक चिन्ह दिएर परिक्षा लिइएकाे हाे । विभिन्न ३ तरिकाबाट प्रश्नकाे सहि उत्तरलाइ संकेत गरिएकाे परिक्षार्थीहरुले बताएका छन् ।

प्रश्नपत्रमा एउटा प्रश्नकाे उत्तर छनाेट गर्नलाइ ४ वटा अपसन राखिएकाे छ । जहाँ सहि उत्तरमा थाेप्लाे चिन्ह लगाएकाे देखिन्छ । त्यस्तै, सहि उत्तरलाइ संकेत गर्नलाइ अन्य तिनवटा उत्तरमा पनि थाेप्लाेले संकेत गरिएकाे छ भने सहि उत्तरलाइ थाेप्लाे नलगाएर संकेत गरिएकाे छ ।

त्यसैगरी ४ वटा उत्तरका अपसनमध्ये दुइवटालाइ अपसनमा राख्नेगरी दुइवटालाइ थाेप्लाेले संकेत गरिएकाे देखिन्छ भने दुइवटालाइ खाली राखेर संकेत गरिएकाे देखिन्छ ।

यसरी शंकास्पद ढंगले प्रश्नपत्र बनाएर आफ्ना नजिकका मान्छे भर्ति गर्न खोजेको भन्दै परिक्षा दिइसकेपछि परिक्षार्थीहरुले बागचाैर नगरपालिकाकाे कार्यालय अगाडी नाराबाजी गरेका छन् ।

परिक्षार्थी सम्मिलित नविन केसीले भने, ‘हामीले पेपर हेरेर खुरुखुर कापीमा उत्तर लेखिऔं, परिक्षा सकिएपछि पेपर हामीलाइ ल्याउन दिइएन, परिक्षा समितीले नै लिए । त्यसपछि हामीलाइ शंका लाग्याे । पछि केहि साथीहरुले पेपर माेबाइलमा खिचेर राखेका रहेछन् । हेर्दा त ठुलै चलखेर भएकाे बुझियाे ।’

अर्का परिक्षार्थी चिरिन्जीवी डाँगीले भने, ‘हामीलाइ त थाेप्लाेकाे मतलबै भएन् । उनिहरुले पहिले नै सेटिङ मिलाएर आफ्ना मान्छेलाइ भर्ती गर्नकाे लागि यसरी सहि उत्तरलाइ थाेप्लाेले शंकेत गरेकाे देखिन्छ । याे सरासर स्थानीय सरकारकाे नांगाे नाच हाे । गाेप्य रुपमा प्रश्नपत्र दिएकाे भए त थाहा हुने रहेनछ तर बाहिर खुलेआम नै नाटक गरेर आफ्ना मान्छेले थाहा पाउने गरी प्रश्नकाे उत्तरमा शंकेत गरियाे ।’

परिक्षार्थीहरुका अनुसार प्रश्नपत्रमा ५० वटा प्रश्न थिए । जहाँ उत्तर कापीमा लेख्नुपर्ने थियाे तर परिक्षा सकेर फर्किदा पेपर ल्याउन दिइएन । यहाँ परिक्षा दिनलाइ सल्यान सँगै राेल्पा, रुकुम, दाङ, जुम्ला लगाएतका जिल्लाबाट परिक्षार्थीहरु सहभागी भएका थिए । जम्मा ६ जना कृषि प्राविधिक कर्मचारी आवेदन मागेकाेमा २ सय ६८ जना परिक्षार्थीले परिक्षा दिएका थिए । जसकाे शुल्क ५ सय ताेकिएकाे थियाे ।

छानविन गर्छौं : उपमेयर

परिक्षार्थीहरुले घटनामा संलग्न दाेषिलाइ कारबाही गर्नुपर्ने र परिक्षा रद्द गर्नुपर्ने माग गर्दै उपमेयर कल्पना पुनलाइ परिक्षार्थीकाे हस्ताक्षेर सहित निवेदन दिएका छन् । निवेदन बुझ्दै उपमेयर पुनले मेयर बाहिर भएकाे र आउनबित्तिकै छानविन सुरु गर्ने बताएकी छन् । उनले प्रश्न पत्रबारे आफुहरुलाइ केहि थाहा नभएकाे र सबै जिम्मा प्रशासकीय अधिकृतलाइ दिएकाे बताइन् ।

प्रशासकीय अधिकृत राम बहादुर हमालले भने आफु विरुद्व परिक्षार्थीहरुले निवेदन दिएकाेले अहिले आफु केहि नबाेल्ने बताए । उनले भने, ‘म यत्ति भन्छु, हामीले कुनै नियतबस गल्ती गरेका छैनाैं । कम्प्यूटर प्रिन्टमा मिस्टेक भएकाे हाे । यसलाइ कुनै ठुलाे कुरामा लिनुपर्ने जरुरी छैन् । छानविनमा म दाेषी देखिए सजाय भाेग्न तयार छु ।’

यस्तो छ प्रश्नपत्र

प्रतिक्रिया दिनुहोस