एउटै दृष्टि, भिन्न कोण

नेकपाका प्रवक्ता नारायणकाजीले पत्रकारलाई थर्काए

काठमाडौ २०७७ माघ २८ गते बुधवार

विरोधसभालाई सम्बोधन गर्ने क्रममा विभाजित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ऋषि धमलालगायत पत्रकारलाई थर्काएका छन् । सम्बोधन गर्दैगर्दा धमलाले दर्शक दीर्घामा कुराकानी गर्न थालेपछि श्रेष्ठले थर्काएका हुन् ।

भाषण राकेरै श्रेष्ठले भने- ‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्, यताउता नगर्नुस् ।’

निकै आक्रामक ढंगमा प्रस्तुत भएका श्रेष्ठले पत्रकार ऋषि धमालाको नामै किटेर भने– अन्तरवार्ता गर्ने भए सभा सकिएपछि गर्नुस्, अहिले यताउता नगर्नुस् ।

प्रतिक्रिया दिनुहोस