एउटै दृष्टि, भिन्न कोण

यी काँग्रेसका १७ जना उम्मेदवार, जो तुलसीपुर बाणिज्य संघको नेतृत्व लिने दाउमा छन

दाङ २०७७ माघ २८ गते बुधवार

नेपाली कांग्रेसले प्रजातान्त्रिक प्यानलका उमेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । कांग्रेसको उमेदवार छनौट समितिले टेकप्रसाद बस्नेत ‘हिमाल’ अध्यक्ष रहेको १७ सदस्यीय उमेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

छनौट समितिले बुधबार जारी गरेको अन्तिम विज्ञप्तीमा उद्योग उपाध्यक्षमा ललितजंग शाह, वाणिज्य उपाध्यक्षमा गोकणप्र्रसाद गिरी, खुल्ला उपाध्यक्षान तुलसीराम न्यौपाने, महासचिवमा बिनिल केसीको नाम समाबेश गरिएको छ ।

उक्त बिज्ञप्तिमा उमेदवार छनौट समितिका संयोजक केशब आचार्य, सदस्यहरु जगतबहादुर खड्का र सुरेन्द्र खड्काले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।जसमा कोषाध्यक्षको उमेदवारमा डिलबहादुर वली, सचिवमा खुशलराम शर्मा, सहकोषाध्यक्षमा कमल गौतम प्रजातान्त्रिक प्यानलका आधिकारिक उमेदवार रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी प्रजातान्त्रिक प्यानल तर्फ सदस्यका उमेदवारमा जनकबहादुर रावत, झुपलाल खड्का, बालकृष्ण डाँगी (कृष्ण),पवन केसी, लिलामनी चौधरी रहेका छन ।

महिला सदस्यमा निलम बस्नेत र बिब्बीवेगम कबडिया, संस्थागत सदस्यमा प्रमोद सोनी र एशोसियट सदस्यमा सन्दिपन रिजाल रहेका छन । जसमध्य सोनी र रिजाल यसअघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् । छनौट समितिले सम्पूर्ण मतदातालाई प्रजातान्त्रिक प्यानलको अधिकारीक उमेदवारलाई अध्यधिक बहुमतले बिजयी बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस