एउटै दृष्टि, भिन्न कोण

जनयुद्धको कथा बोकेको गोली लाग्यो नि गित सार्वजनिक

रोल्पा २०७७ फाल्गुन १ गते शनिवार

२६औँ जनयुद्ध दिवसकाे अवसर पारेर जनयुद्धको झल्को दिने गाेली लाग्यो नि´ बाेलकाे गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
महेश आरोहीको शब्द/संगीतमा तथा राम कुमार नेपाली र निता पुनको आवाज रहेकाे उक्त गीतकाे भिडियो आज मगरात युट्युव च्यानल मार्फत सार्वजानिक भएको हाे ।
ममता खड्का, अमरजित पुन, प्रकश पुन, निशा घर्ती , डम्मर बुढा र नवीन डि सी लगायतको अभिनय रहेकाे उक्त गीतमा विशाल रोकाले छाँयांकन गरेका हुन् । कलाकार सुदन थापाको परिकल्पना तथा निर्देशनमा तयार भएकाेे भिडियोकाे सम्पादन सन्देस शाहले गरेेेेका छन् ।

जनयुद्धको कथा बोकेको उक्त गीतकाे दाङ रोल्पा र रुकुममा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस