एउटै दृष्टि, भिन्न कोण

प्रचण्डले ३४ हजार लडाकु देखाएर १९ अर्ब लिएको टोपबहादुर गरे खुलासा

काठमाडौ २०७७ फाल्गुन १ गते शनिवार

टोपबहादुर रायमाझीले तत्कालिन लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया तत्कालिन जनयुद्धका कमाण्डर तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले हिनामिना गरेको खुलासा गरेका छन् ।

पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै उर्जामन्त्री समेत रहेका रायमाझीले यस्तो बताएका हुन् । साथै उनले अध्यक्ष प्रचण्डसँग धेरै हिसाबकिताब माग्न बाँकी रहेको समेत बताए ।

रायमाझीले भने- शान्ति प्रक्रियामा आइसकेपछि वाइसिएलमा रहेका समेत साथीहरु जम्मा गरेर १९ हजारलाई क्यान्टोनमेन्टमा राखियो । १९ हजार सेना राखेर हामीले ३४ हजार जनाको संख्या देखाएर भत्ता बुझ्यौं । त्यसको हिसाब बाबुराम भट्टराईले राख्नुभएको छ । उहाँका अनुसार सात आठ वर्षको सो रकम १९ अर्ब हुन्छ । त्यो पैसा कहाँ गयो ?

रायमाझीले वाइसिएलका लागि भनेर लिएको थप रकम समेत प्रचण्डले हिसाब नदेखाएको दाबी गरे । घाइते अपांग लडाकुहरुले उपचार नपाएको प्रसंग निकाल्दै रायमाझीले आफूहरुले प्रचण्डसँग त्यसबेलाका हिसाब माग्न बाँकी नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस