एउटै दृष्टि, भिन्न कोण

जबरजस्ती सडकमा हुल मान्छे ल्याउन र जुलुस निकाल्न कांग्रेससँग पैसा छैन : देउवा

काठमाडौ २०७७ फाल्गुन ६ गते बिहिवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतले गर्ने फैसला कुर्न आग्रह गरेका छन्।

देश संसद पुनःस्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै सभापति देउवाले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताएका छन् । बिहीवार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई पोखरामा सम्बोधन गर्दै सभापति देउवाले अदालतले पुनःस्थापना गरे स्वीकार गर्ने बताए ।

‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित पैसा पनि छैन। ठाउँ/ठाउँमा जुलुस पुर्‍याउन पनि सक्दैन। जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? त्यत्रो जुलुस ल्याउन हामीसित पैसा पनि छैन,’। ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैनन् देउवाले भने। ’
‘अब हाम्रो पार्टीले के गर्ने भन्ने कुरा मिटिङ भइराख्या छ। मिटिङ चल्या–चल्यै छ,’ उनले भने, ‘कोही भन्नुहुन्छ संसद फिर्ता हुन्छ, कोही चुनाव हुँदा हामीलाई फाइदा हुन्छ भन्नुहुन्छ।’

संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले अदालतलाई यसो गर उसो गर भन्न नमिल्ने बताए।

प्रतिक्रिया दिनुहोस