एउटै दृष्टि, भिन्न कोण

दाङमा एउटै वडाका २ सय बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौ २०७७ फाल्गुन ८ गते शनिवार

दाङको राप्ती गाउँपालिकाको वडा नं. ९ रुपाकोटमा दुई सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्ती गाउँपालिकको रुपाकोटमा बिहीबार आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २१० जनालाई पार्टीमा स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति दुर्योधन पाण्डेले कम्युनिस्टहरूप्रति वितृष्ण पैदा भएर नेकपाका गाउँका कार्यकर्ताहरू विकासका लागि कांग्रेसमा प्रवेश गरेको बताए ।

नवप्रवेशीहरूले कम्युनिस्टहरूको औकात तीन वर्षमा देखिएको भन्दै झुठो कुरा गर्नेहरूको पछाडि नलाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस