एउटै दृष्टि, भिन्न कोण

चितुवाको छाला सहित सल्यानका ३ जना बाँकेबाट पक्राउ

बाँके २०७७ फाल्गुन १० गते सोमवार

सल्यानबाट विक्री गर्न लगिएको दुई थान चितुवाको छाला सहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको वागचौर नगरपालिका–३ का ३१ वर्षीय जीतबहादुर डिसी, कुमाख गाउँपालिका–७ का २१ वर्षीय कमल डिसी र सोही ठाउँका २४ वर्षीय हिमेन्द्र वली छन् । उनीहरुलाई चितुवाको छालासहित इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले गए राति बाँके राप्ती सोनारी गाँउपालिका –१ कुसुमबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

जीतबहादुर बन्यजन्तुका छाला र अंग खरिद विक्री कारोबारी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद छाला जीतबहादुरले दुई वर्ष पहिले आफैले पासो थापेर मारेको चितुवाको रहेको प्रहरीले जनाएको छ । दिदिले चितुवाको छालाको फोटो खिचेर मोवाइलमा राखेको दिपक रावतले देखेपछि उनैको सल्लाहमा छाला विक्री गर्न नेपालगंज ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । उक्त छाला नेपालगंजमा ४० लाखदेखि ६० लाख सम्ममा विक्री गर्ने योजना रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस