एउटै दृष्टि, भिन्न कोण

रोल्पामा बिद्युतको करेन्ट बाट २ बालिका घाइते

रोल्पा २०७७ फाल्गुन ११ गते मङ्गलवार

रोल्पामा बिद्युतको करेन्ट बाट २ जना बालिका घाइते भएका छन । रोल्पाको परिवर्तन गाँउपालिका वडा नं २ राङ्सी मक्टिममा दुइ बालिका ट्रान्समिटर राखेको स्थानमा करेन्ट लागेर घाइते भएका हुन ।

हिजो दिउँसो ४ बजेतिर बालिका बाटो हिड्दै गर्दा खुट्टामा ठेस लागेर ट्रान्सर्फमर नजिक पुगेकाे र ठेस लागेर ढलेकी बहिनीलाइ दिदीले उठाउन खोज्दा दुबै दिदिबहिनीलाई करेन्ट लागेको थियो । करेन्टबाट परिवर्तन २ राङ्सी मक्टिमकी कक्षा ७ मा अध्ययनरत भिम कुमारी बिक गम्भीर घाइते छिन भने कक्षा ९ मा अध्ययनरत मन कुमारी बिक घाइते भएकाे र दुबैको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको छ ।

ठेकेदार कम्पनी र बिद्युत प्राधिकरण रोल्पाको काममा लापरबाही गर्दै असुरक्षित स्थानमा ट्रान्सर्फमर राखेको र स्थानीय सरकारको अनुगमनमा ध्यान नपुग्दा समस्या उत्पन्न भएको स्थानियले बताए ।

बिद्युत बिस्तारकोलागि आरके कन्ट्रसन ले काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस