एउटै दृष्टि, भिन्न कोण

गंगादेब गाउपालिकामा बिद्यूत सेवा बिस्तार

रोल्पा २०७७ फाल्गुन १४ गते शुक्रवार

रोल्पाको गंगादेव गाउपालिकामा बिद्यूत सेवा बिस्तार भएको छ । नेपाल सरकार उर्जा मन्त्रालयको सहयोगमा गंगादेब गाउपालिका वडा नं ३ मा केन्दिय लाइन बिद्यूत सेवा बिस्तार भएको हो ।
साैर्य उर्जाको प्रयोग गर्दै आएका गंगादेव गाउपालिका वडा नं ३ को लोरिबिनी, डाँडाखुटी, कालाभिर, घोप्टेओढार, ढिट्पिटे, घरबिर लगायतका टोलहरुमा पहिलो पटक  आज केेन्द्रिय लाइन बिधुत सेवा बाट बत्ति बलेको छ । बत्ति बलेको उपलक्षमा स्थानियबासीहरु खुसियाली मनाएका छन ।
यस अघि  गंगादेब गाउपालिका वढा नं ३ को झ्याम बजार, मनिमारे टोलमा केन्द्रिय लाइन र अन्य वडामा लघु जलबिद्यूत  सेवा बाट बत्ति बालिएको थियो । भने सबैजसो ठाउमा सौर्य उर्जा प्रयोग हुँदै आएको छ ।

गंगादेब गाउपालिकामा सबै वडामा बिद्यूत सेवा बिस्तार गर्ने अभियान नेपाल सरकारको आर्थिक सहयोगमा संचालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस