एउटै दृष्टि, भिन्न कोण

बहुमतको दम्भ देखाए प्रचण्ड–नेपाल समूहका सांसद र केन्द्रीय सदस्य हटाउने ओलीको तयारी

काठमाडौ २०७७ फाल्गुन १७ गते सोमवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी दिएका छन् । अहिलेसम्म आफूले देव गुरुङबाहेक कसैलाई नहटाएको भन्दै आवश्यक परे सबैलाई हटाइदिन सक्ने ओलीको चेतावनी छ । उनले पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई ‘नियुक्ति गर्नेले हटाउन पनि सक्ने’ बताए ।

उनले आफूले अल्पमत र बहुमतको कुनै हिसाव नगरी पार्टी एकताका बेलामा प्रचण्ड–नेपाल समूहलाई भाग दिएको दावी गरे । तर एकीकरण गरिसक्ने बित्तिकै उनीहरुले आफ्नो धन्दा सुरु गरेका ओलीको आरोप छ । पार्टी कब्जा गर्ने, आन्दोलन बिगार्ने र देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड नेपाल लागिपरेको भन्दै ओलीले उनीहरुले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको भन्दै आक्रोश पोखे ।

सोमबार पोखरामा आफू पक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहको चर्को आलोचना गरे । ‘उनीहरुले भनिरहेका छन् केन्द्रीय कमिटीमा हाम्रो बहुमत छ, त्यो बहुमत त मैले नै दिएको बहुमत हो । कुनै चुनाव जितेर आएको कमिटी थियो र यो ?,’ ‘पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको । तर उनीहरु षड्यन्त्रपूर्ण ढङ्गले त्यतिबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने र देश बिगार्नेको उद्देश्य पो रैछ । ओलीले भने’

प्रतिक्रिया दिनुहोस