एउटै दृष्टि, भिन्न कोण

संसद कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने

काठमाडौ २०७७ फाल्गुन २३ गते आइतवार

प्रतिनिधिसभा पुनस्र्थापनापछि बस्न लागेको आजको पहिलो बैठकका सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा अन्य कार्यसूची हटाइएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको अवस्था छ भने नेकपाको विवाद थप जटिल बन्दै गएको छ । यस्तो अवस्थालाई ध्यान राख्दै सभामुखले कार्यसूची फेरेका हुन् ।

आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिने प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस