एउटै दृष्टि, भिन्न कोण

नेपाली गरुडा रकेट परीक्षण : डेढ सय मिटर अपलिफ्टपछि ‘क्रयास’

काठमाडौ २०७७ चैत्र ७ गते शनिवार

नेपाली विद्यार्थीले तयार पारेकाे ‘गरुडा’ नामको रकेट आज धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ ।

करिब डेढ सय मिटर आकाशमा उडेपछि हावाकाे बहावका कारण रकेट ‘क्र्यास’ हुन पुगेको छ । याे रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएकाे थियाे । निर्माण टाेलीले नेपाली सेनासँगकाे सहकार्यमा एक महिनापछि पुनः रकेट प्रक्षेपण गर्ने योजना ल्याएको छ ।

इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको टिम मेम्बर माेहन तामाङले बताए । १० मिटर उचाइको गरुडामा ‘पोटासियम नाइट्रेट र सुगर’ इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सोलिड प्रोपलेन्ट फ्युल प्रयोग भएको छ ।

अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए । ‘हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँदैन,’ उनले भने,’ अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई समाधान गरेर लन्च गर्नेछौं ।

‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि विद्यार्थीले रकेट परीक्षण गरेका हुन् । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।

प्रतिक्रिया दिनुहोस