एउटै दृष्टि, भिन्न कोण

गंगा माबि रोल्पाको शिक्षक प्रकरण: शिक्षक संघको प्रेस बिज्ञप्ति

रोल्पा २०७७ चैत्र ९ गते सोमवार

गंगादेब गाँउपालिका रोल्पामा रहेको गंगा माध्यामिक बिद्यालय चौताराडाँडाँको शिक्षक प्रकरण छताछुल्ल भएको छ । गंगा माद्यामिक बिद्यालय चौचाराडाडामा अध्यापनरत शिक्षिका चन्द्रकला डाँगी र उनका आफन्त बिद्यालयले न्याय नगरेको र स्थानिय सरकारले न्याय नदिएको भन्दै शिक्षक संघ गंगादेब गाँउपालिकाले प्रेस बिज्ञप्ती जारी गरेपछि प्रकरण बाहिरीएको हो ।

गंगा माद्यामिक बिद्यालय चौताराडाडा रोल्पामा शिक्षिका चन्द्रकला डाँगीलाइ माद्यामिक बिद्यालय संघिय सिकाइ अनुदानमा बिज्ञान बिषयमा नियूक्ति दिएर गत आव बाट पठन पाठन गराउदै आएका थिए ।

यस आवमा संघिय सिकाइ अनुदान आउने वा नआउने निश्चित नभए पछि बिद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार गाउपालिका अनुदान अनुसारको रकम खानपाउने गरि पदस्थापना गरिएको थियो । बिद्यालयले अन्याय गरेको भन्दै शिक्षिका चन्द्रकला डाँगी बिद्यालयमा उस्थित छैनन भने आफु कार्यरत रहेको समयको पुरा तलब माग समेत गरेको बताएकी छन ।

यस शैक्षिक सत्रको माघ महिनामा आएर माद्यामिक शिक्षण सिकाइ संघय अनुदान प्राप्त जिल्ला शिक्षा समन्वय इकाइको पत्र प्राप्त भइ बिज्ञापन मार्फत नयाँ शिक्षक नियूक्ति गर्दा यस बिषयमा बिवाद बढेको हो । नेपाल शिक्षक संघ गंगादेब स्थानिय कार्य समिति अध्यक्ष कमल प्रकाश हमालले प्रेस बिज्ञप्ती जारी गर्दै प्रक्रियाको बिरोध गरेका छन । उनका अनुसार संघिय शिक्षण सिकाइ अनुदानमा निरन्तरता दिन माग समेत गरेका छन ।

नाम नखुलाउने सत्रमा एक शिक्षकले भने- सुत्केरी बिदामा बसेकी शिक्षिका चन्द्रकला डाँगीलाइ गंगादेब गाँउपालिका शिक्षा शाखा प्रमुखको जिम्मेवारी समाल्दै आएका शेर बहादुर डाँगीको निर्देशनमा शिक्षिका चन्द्रकला डाँगीलाइ लिखित स्पस्टीकरण समेत लगिएको बताए। उनले राजनितिक प्रतिशोधका आधारमा धेरै शिक्षकलाइ स्पस्टीकरण लिने गरेको आरोप समेत लगाए। शिक्षिका चन्द्रकला डाँगी एकिकृत अखिल नेपाल शिक्षक संगठनमा संगठित शिक्षिका हुन भने शेरबहादुर डाँगी नेपाल कम्यूनिष्ट पार्टी बिप्लब निकट शिक्षक संगठनमा आबद्द शिक्षक हुन । उनि जिल्ला शिक्षा स्रोत ब्यक्ति हुदै गाँउपालिका शिक्षा प्रमुखको जिम्मेवारीमा छन । गाँउपालिकामा कार्यरत बिद्यालय निरिक्षक पनि उनकै निर्देशनमा काम गर्दै आएका छन ।

शिक्षिका चन्द्रकला डाँगी बिद्यालयमा थप सुत्केरी बिदा लिने वा नलिने कुनै जानकारी बिना थप एक हप्ता घरमै बसेको बिद्यालय परिवारले आरोप लगाउदै आएकोछ । प्रअ निमा बुढाका अनुसार ”विध्यालयमा लामो समय गणित शिक्षक नहुदा विध्यालयको पठन पाठनमा असर पर्दै गएको र विध्यार्थीको पठनपाठनमा शैक्षिक सत्र ख्याल राख्दै माद्यामिक तहमा गणित विषय पठन पाठन नै हुन नपाएको समयमा यस्तो अवस्थामा विध्यालय व्यवस्थापन समितिले गणित विषय शिक्षकको लागि विज्ञापन खोल्न बाध्यात्मक निर्णय गरी पदपुर्ति गरिएको बताए ।” उनका अनुसार संस्था जोगाउन र विध्यार्थीको पठन पाठन कार्य सहज गर्नलाई कसैको दवावमा कसैसंग समझौता नगर्ने बिद्यालयको हितमा काम गर्ने बताए ।

शिक्षिका चन्द्रकला डाँगी आवद्द एकिकृत अखिल नेपाल शिक्षक संगठनले यस बिषयमा बैठक बसि छलफल गरेको भएतापनि आफ्नो धारना स्पस्ट गरेको छैन । एकिकृत अखिल नेपाल शिक्षक संगठन गंगादेब गाँउपालिका उपाध्यक्ष बालकुमा डाँगीका अनुसार गाँउपालिका भित्र जुन कोही शिक्षकमा हुने यस प्रकारको अन्याय बिकृति हो। यस्तो अन्याय कुनै पनि शिक्षकलाइ हुनु हुदैन। यस्ता बिकृति बिसंगति बिरुद्द घोर भ्रषणा गर्दै सदैब बिरोध गर्ने बताए।

शिक्षक महासंघ गंगादेब गाँउपालिकाले गाँउपालिका कार्यालयमा शैक्षिक बिकृतिका बिरुद्द ज्ञापन पत्र बुझाएको शिक्षक महासंघका एक सदस्य ले बताए । गाँउपालिका बाट यस बिषयमा कुनै सुनुवाइ भएको छैन । यस बिषयमा शिक्षक महासंघ गंगादेब गाँउपालिकाको आधिकारीक सार्वजनिक धारणा आएको छैन।

प्रतिक्रिया दिनुहोस