एउटै दृष्टि, भिन्न कोण

दाङमा स्कुलबस दुर्घटना, १ जनाको मृत्यु, १५ जना घाइते(नामावली सहित)

दाङ २०७७ चैत्र १० गते मङ्गलवार

तुलसीपुरमा स्कुल बस दुर्घटना हुदा २२ जना विद्यार्थी घाईते भएका छन् भने एक जनाको मृत्यु भएको छ । घाईते हुनेमा तुलसीपुर १६ बस्ने १७ वर्षकी अन्जली खत्री, सोहि ठाउँ बस्ने १७ को रोमस डाँगी, वर्ष २० का सन्दिप केसी, बर्ष १७ की अन्जना चौधरी, तुलसीपुर वडा नम्वर १५ बस्ने २२ बर्षको सन्देश चौधरी, वडा नम्वर १६ बस्ने १८ बर्षको आकाश जंग चौधरी, सोहि वडाको २० बर्षका चम्पा डाँगी, १७ बर्षिय सागर केसी, १८ बर्षिय सरद पाण्डे ,१९ बर्षिया प्रतिज्ञा डिसी, १९ बर्षको सन्देश खत्री, १८ बर्षिया सपना चौधरी, दंगीशरण ४ बस्ने १६ बर्षिया देवका डाँगी, तुलसीपुर १५ बस्ने १८ बर्षिया उर्मिला चौधरी, तुलसीपुर १६ बस्ने १९ बर्षको अनिल चौधरी , १६ बर्षको सुनिल चौधरी र २० बर्षिय खगेन्द्र केसी लगाएत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

फोटो : सुमन केसी

घाईते मध्ये उर्मिला चौधरी, चम्पा डाँगी, रोमस डाँगी लगाएत पाँच जनाको थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुर तर्फ आउँदै गरेको ज्ञानज्योति कलेजको रा १ क ४३३ नम्बरको बस तुलसीपुर १५ सरैयाडाडाँको चोकमा मंगलवार बिहान ५ बजे दुर्घटना भएको थियो ।दुर्घटनामा परि दुई जना विद्यार्थीहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ निबासी कक्षा ११ मा अध्ययनरत १८ बर्षिया सम्झना केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । केसीको सिटि हस्पिटल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो भने अर्का एक जना विद्यार्थीको घटनास्थल मृत्यु भएको भनेता पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले बताएको छ ।स्कुलबसमा ११ /१२ कक्षामा अध्ययनरत विद्यार्थी सवार थिए । प्रत्यक्षदर्शि विद्यार्थीका अनुसार बस तिव्र गतिमा भएकाले अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस