एउटै दृष्टि, भिन्न कोण

२१ अंकले घट्यो सेयर बजार, यी हुन १० प्रतिशत मूल्य बढ्ने ३ कम्पनी

कारोबारमा इन्फ्रास्ट्रक्चर बैंक पहिलो
काठमाडौ २०७७ चैत्र १२ गते बिहिवार

बिहीबार सेयर बजारको परिसूचक नेप्से २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से २५४८ अंकमा कायम भएको छ। यस दिन कुल ६ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भयो।

आजको दिन १० प्रतिशतले मूल्य बढ्ने कम्पनिहरुमा चन्द्रागिरि हिल्स, सपोर्ट माइक्रोफाइनान्स र ओमी माइक्रोफाइनान्स रहेका छन । चन्द्रागिरि हिल्सको मूल्य प्रतिकित्ता १८९ रुपैयाँले बढेर २ हजार ७९ रुपैयाँ , सपोर्ट माइक्रोफाइनान्सको मूल्य पनि १० प्रतिशतले बढ्यो त्यस्तै ओमी माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९७३ रुपैयाँ कायम भयो।

ब्यापार १७४, होटल तथा पर्यटन १५४ र लगानी समूह १ अंकले बढे भने अरु सबै समूह घटेका छन्। बैंकिङ १९, विकास बैंक १९, जलविद्युत ४४, फाइनान्स २, निर्जीवन बीमा ५४, उत्पादन ४९, अन्य ३७, माइक्रोफाइनान्स ४७ र जीवन बीमा समूह १६९ अंकले घटे।

कारोबारका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ९१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ६०८ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस