एउटै दृष्टि, भिन्न कोण

ज्योति लाइफको आईपीओ बाँडफाँड,नतिजा कसरी हेर्ने ?

काठमाडौ २०७७ चैत्र १३ गते शुक्रवार

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले आज (चैत्र १३ गते, शुक्रबार) साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड भएको हो ।

आईपीओ बाँडफाँड ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा, दिउँसो १२ :३० बजे भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड भएको छ । गाेलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारे भने बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक सेयर पाउनबाट वञ्चित भएका छन् ।

कम्पनीकाे आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कसरी हेर्ने नतिजा ?
कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइट तथा एनएमबि क्यापिटल लिमिटेडको nmbcl.com.np/shareallotment बाट सजिलै हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस