एउटै दृष्टि, भिन्न कोण

यसकारण हेर्न मिलेको छैन ज्योति लाइफको आईपीओको नतिजा

काठमाडौ २०७७ चैत्र १३ गते शुक्रवार

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले आज (चैत्र १३ गते, शुक्रबार) साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ ।

बाँडफाँड सम्पन्न भएपनि आइपिओको नजितालाई सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्छ । त्यसैले रिजल्ट हेर्न लगानीकर्ताले ६ बजेसम्म कुर्नुपर्नेछ ।

गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका छन् ।

कम्पनीकाे आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कसरी हेर्ने नतिजा ?
कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइट तथा एनएमबि क्यापिटल लिमिटेडको nmbcl.com.np/shareallotment बाट सजिलै हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस