एउटै दृष्टि, भिन्न कोण

ब्राउन सुगरसहित पक्राउ परेकी दाङकी तुलसालाई पूर्पक्षका लागि थुनामा पठाइयो

काठमाडौ २०७७ चैत्र १४ गते शनिवार

प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेकी तुलसीपुरकी तुलसा पोखरेललाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेल गत फागुन १६ गते दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी थिइन ।

दाङ देउखुरी जिल्ला अदालतले पोखरेललाई उक्त अभियोगमा दोषी ठहर गर्दै शुक्रवार पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले फरककोणलाई बताए ।

अदालतको आदेश अनुसार शुक्रवार नै पोखरेललाई तुलसीपुरस्थित कारागारामा पूर्पपक्षका लािग थुनामा पठाइएको डिएसपी सिंहले जानकारी दिए ।

पोखरेललाई प्रहरीले फागुन १६ गते दिउँसो गोप्य सूचनका अधारमा तुलसीपुर बजारस्थित उनकै घर भित्र राखेको उनको निजी स्कुटर रा ५ प ७१४६ को डिक्की भित्र राखेको अवस्थामा ब्राउन सुगर पक्राउ गरेको थियो ।

उनी उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ । तर, पछिल्लो समय न्यायाधीश संग सम्बन्ध नरहेको तथा डिभोर्सको प्रक्रिया समेत अगाडि बढेको कुरा न्यायधीश पोखरेल निकट स्रोतले बताउने गरेको छ ।

पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन ।

प्रतिक्रिया दिनुहोस