एउटै दृष्टि, भिन्न कोण

दाङमा शिकार खेल्न गएका दूई मध्य एकको गोली लागेर मृत्यु

दाङ २०७७ चैत्र १४ गते शनिवार

दाङको घोराहीमा शिकार खेल्न गएका दूई मध्य एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ का ५० बर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना वडा नं. १२ को जंगल क्षेत्रमा शुक्रवार राति भएको जानकारी दिए । 

 घटनास्थल पुग्न तीन÷चार  घन्टा जति पैदल हिड्नु पर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रो संग हुन नसक्ने हुँदा  घटनाबारे थप बिवरणहरु आउन बाँकी रहेको एसपी चन्दले बताए । 

प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि प्रहरी पहिचान गरि नियन्त्रणमा लिइ सकेको एसपी चन्दले जानकारी दिए ।  गोली चलाउने व्यक्तिको ना मभने प्रहरीले सार्वजनिक गरेको छैन । 

यसैबीच भरुवा बन्दुकको गोली लागेर मृन्यु भएका गुरुङको  शव पोष्ट मार्टमको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको एसपी चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस