एउटै दृष्टि, भिन्न कोण

चन्द्रागिरी हिल्सको ओरालो यात्रा सुरु, क्रेता भन्दा बिक्रेताको चाप धेरै

काठमाडौ २०७७ चैत्र १६ गते सोमवार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको सेयरमूल्य आज (चैत्र १६ गते, सोमबार) भने ओरालो लागेको छ ।

आज (चैत्र १६ गते, सोमबार) काे प्रिसेसन काराेबारमा ४.९५ प्रतिशतले बढेकाे कम्पनीकाे सेयरमूल्य काराेबार सुरूवात भएकाे केही मिनेटमै ओरालो लागेको छ । नियमित काराेबार सुरू भएकाे ५ मिनेट भित्रमै कम्पनीकाे सेयरमूल्य ४.०४ प्रतिशतले घटेर एक हजार ९ सय ९५ पुगेकाे थियाे ।

याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्य १४८ रूपैयाँले घटेर १ हजार ९ सय ३१ रूपैयाँमा काराेबार भइरहेकाे छ । भने किन्ने भन्दा बिक्रि गर्नेको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस